logo

जिल्लाको शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धि नै मेरो पहिलो प्राथामिकता : प्रजिअ बस्नेत 

      12/30/2019 गते 00 00 मा प्रकाशित     971   पटक पढिएको

वीरगन्ज, १४ पुस । पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले आफ्नो कार्यकालमा शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धि नै पहिलो प्राथामिकता रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा भएर आएको लगभग ३ सातापछि पत्रकारसँग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले पर्सामा भइरहेको बिकास निर्माणका गतिविधि, प्रशासनिक काम कारवाही, शान्ति सुरक्षा जस्ता जनसरोकार राख्ने बिषयबस्तुमा आपूmले शुन्य सहनशीलताको अवधारणामा काम गर्ने बताउनुभयो ।

पर्साको समग्र विकासका लागि सबैको साथ र सहकार्य सँगै पत्रकार तथा सञ्चार माध्यमको सहयोगमा सुधार गर्दै जाने बताउनुभयो । बिगतका प्रमुख जिल्ला अधिकारीले थालनी गरेका सकरात्मक कार्यहरुलाई निरन्तरता दिने र केही कमी कमजोरीलाई सुधार्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।


सेवाग्राहीहरुलाई सहजतापुर्वक सेवा प्रवाह गर्न तर्फ आफु सम्बेदनशिल रहेको बताउँदै डिजिटलाईज्ड र सेवाग्राही मैत्रि सेवा प्रदानतर्फ जिल्ला प्रशासन कार्यालय अग्रसर रहेको बताउनुभयो । आन्तरिक प्रशासन सुधारका लागि कार्यालय भित्रैबाट निगरानी गर्नका लागि कार्यालयभित्र बिग्रिएको सीसी क्यामेराको मर्मत गरेर थालनी गरेको, फ्रि वाईफाईको सुविधा तथा डिजिटल नागरीक वडापत्रको व्यवस्था गरेर सुधारका कामहरुको थालनी गरेको उहाँको भनाई छ ।

साथै उहाँले पुरानो संरचनाबाट कार्यसञ्चालनमा केही कठीनाई भएको बताउँदै नया भवन निर्माणको प्रक्रिया पनि शुरु भइसकेको जानकारी दिनुभयो । सञ्चार माध्यमको सहयोग बिना शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न नसकिने हुँदा सुधार्नुपर्ने कुराहरुमा खबरदारी गर्दै सकरात्मक क्रियाकलापलाई निष्पक्ष रुपमा जनतको माझमा पु¥याउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रमको सहजिकरण जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी ललित कुमार बस्नेतले गर्नुभएको थियो । छलफलमा पत्रकार महासंघ प्रदेश न। २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्साका शाखा अध्यक्ष श्याम बन्जारा, प्रेस संगठनका संयोजक निरज पिठाकोटे, प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी लगायतका बिभिन्न राष्ट्रिय तथा स्थानिय सञ्चार माध्ययमा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.