logo

जिल्लाको शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धि नै मेरो पहिलो प्राथामिकता : प्रजिअ बस्नेत 

      12/30/2019 गते 00 00 मा प्रकाशित     1260   पटक पढिएको

वीरगन्ज, १४ पुस । पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले आफ्नो कार्यकालमा शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धि नै पहिलो प्राथामिकता रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा भएर आएको लगभग ३ सातापछि पत्रकारसँग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले पर्सामा भइरहेको बिकास निर्माणका गतिविधि, प्रशासनिक काम कारवाही, शान्ति सुरक्षा जस्ता जनसरोकार राख्ने बिषयबस्तुमा आपूmले शुन्य सहनशीलताको अवधारणामा काम गर्ने बताउनुभयो ।

पर्साको समग्र विकासका लागि सबैको साथ र सहकार्य सँगै पत्रकार तथा सञ्चार माध्यमको सहयोगमा सुधार गर्दै जाने बताउनुभयो । बिगतका प्रमुख जिल्ला अधिकारीले थालनी गरेका सकरात्मक कार्यहरुलाई निरन्तरता दिने र केही कमी कमजोरीलाई सुधार्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।


सेवाग्राहीहरुलाई सहजतापुर्वक सेवा प्रवाह गर्न तर्फ आफु सम्बेदनशिल रहेको बताउँदै डिजिटलाईज्ड र सेवाग्राही मैत्रि सेवा प्रदानतर्फ जिल्ला प्रशासन कार्यालय अग्रसर रहेको बताउनुभयो । आन्तरिक प्रशासन सुधारका लागि कार्यालय भित्रैबाट निगरानी गर्नका लागि कार्यालयभित्र बिग्रिएको सीसी क्यामेराको मर्मत गरेर थालनी गरेको, फ्रि वाईफाईको सुविधा तथा डिजिटल नागरीक वडापत्रको व्यवस्था गरेर सुधारका कामहरुको थालनी गरेको उहाँको भनाई छ ।

साथै उहाँले पुरानो संरचनाबाट कार्यसञ्चालनमा केही कठीनाई भएको बताउँदै नया भवन निर्माणको प्रक्रिया पनि शुरु भइसकेको जानकारी दिनुभयो । सञ्चार माध्यमको सहयोग बिना शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न नसकिने हुँदा सुधार्नुपर्ने कुराहरुमा खबरदारी गर्दै सकरात्मक क्रियाकलापलाई निष्पक्ष रुपमा जनतको माझमा पु¥याउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रमको सहजिकरण जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी ललित कुमार बस्नेतले गर्नुभएको थियो । छलफलमा पत्रकार महासंघ प्रदेश न। २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्साका शाखा अध्यक्ष श्याम बन्जारा, प्रेस संगठनका संयोजक निरज पिठाकोटे, प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी लगायतका बिभिन्न राष्ट्रिय तथा स्थानिय सञ्चार माध्ययमा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.