logo

इसीमानाका प्रधान सम्पादक लामिछानेलाई मातृशोक 

      12/29/2019 गते 00 00 मा प्रकाशित     1944   पटक पढिएको

वीरगन्ज, १३ पुस । सीमाना मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका इसिमाना डटकमका प्रधान सम्पादक केसी लामिछानेलाई मातृक शोक परेको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष एवं प्रेस संगठनका लेखा समिति सदस्य समेत रहेका लामिछानेकी ममतामयी आमा मिठुदेवी लामिछानेको ६७ बर्षको उमेरमा शुक्रबार साँझ चितवनको कृष्णपुरमा आफ्नै निवासमा निधन भएको हो ।

उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको  धार्मिक संस्कृति अनुसार दाह संस्कार गरिएको छ । उहाँको दुई छोरा, एक छोरी र श्रीमान छन् । दुई छोरा मध्य कान्छो केसी लामिछाने सामुदायिक रेडियो  नारायणी एफएमका पूर्व स्टेसन प्रबन्धक तथा हाल इसिमाना डटकमका प्रधान सम्पादक रहनुभएको छ ।

उहाँको आमाको निधनप्रति सिमाना मिडिया प्रालिले शोक व्यक्त गरेको छ । यसको साथै विभिन्न मिडियाका संस्थाहरुले शोक व्यक्त गरेको छ । वीरगन्जको समुदायिक रेडियो नारायणी एफएमले पनि दुख व्यक्त गरेको छ । रेडियोका कार्यकारी अध्यक्ष एवं सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोविन्द देवकोटाले शोक व्यक्त गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली तथा शाकाकूल परिवारजनलाई समवेदना प्रकट गर्नुभएको छ ।

 प्रेस संगठन पर्साले पनिले लामिछानेलाई मातृशोक परेकोमा दुख व्यक्त गरेको छ । संगठनका पर्सा संयोजक निरज पिठाकोटेले प्रेस संगठनका लेखा समिति सदस्य समेत रहनुभएका केसी लामिछानेको ममतामयी आमाको निधनको खबरले मर्माहत बनाएको जनाउदै दुखको घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकोे  छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.