logo

जाडोमा बिद्यालय बन्द,आशाहरुकालागि न्यानो लाउनु रहर मात्र भयो 

      12/22/2019 गते 00 00 मा प्रकाशित     1337   पटक पढिएको

बीरगंज ६ पुष ।
शीतलहरका कारण तराईको जनजीवन प्रभावित भएपछि पर्साको पटेर्वा सुगौली  गाउँपालिकामा रहेका सामुदायिक  विद्यालयहरु ५ दिनको लागी बिदा  गरिएकोे छ ।  चिसो निकै बढेपछि गाउँपालपका केही दिनकालागि बद्यालय बन्द गर्ने तहमा पुगेको गाउँ पालिकाकी उपाध्यक्ष ममता महतोले बताउनु भयो । 

बिहिबार गाउँपालिकाले गरेको निर्णय अनुसार यहि पुस ७ गते देखी ११ गते सम्म जाडोको बिदा दिईएको छ  । 

आईतवार  देखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएपछि विद्यालय सञ्चालन गर्न तथा पठनपाठन गराउन कठिनाई भएको छ ।

 

यही कठिनाईलाई दृष्टिगत गरि  गाउँपलिकाका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँ पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ साहले जानकारी दिनु भयो । गाउँ पालिकामा कुल २४ वटा विद्यालय रहेको शिक्षक शुभास दास थारुले बताउनु भयो ।

मङ्गलवारदेखि बढेको चिसोको कारण पर्साका ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ ।


    चिसोले गर्दा विद्यालय आउने सङ्ख्या पातलिएको पटेर्वासुगौली गापा–४ स्थित वनदेवी आधारभूत विद्यालय भतौडाका प्रधानाध्यापक सुभाषप्रसाद दास थारूले बताउनु भयो ।

दलित बस्तीमा रहेको सो विद्यालयमा अधिकांश बालबालिका गरीब,दलित,विपन्न परिवारका भएकोले पनि उनीहरूलाई न्यानो कपडाको समस्या हुँदा विद्यालय आउन नसकेको थारूले बताउनु भयो । विद्यालयमा अध्यनरत बालबालिकालाई शरीरमा न्यानो कपडा,सुईटर जाकेट,जुतामोजा,टोपी, लगाएर आउन प्र.अ.ले आग्रह गरेपनी गरिवीको कारण लगाउन समस्या छ ।

 

पटेर्वा सुगौली गाउँ पालिका वडा ४ भतौडा की आशा देवी मुसहरका तीन जा बच्चा छन । श्रीमान श्रीमतीले दिनभरि कमाए बिहान बेलुका छाक टार्न सकिन्छ होइन भने भोकै सुत्नु पर्छ । यस्तोमा लालाबालाका लागि न्यानो कपडाको जोहो आशाकालागि ठुलै युद्ध जित्नु जस्तो भएको छ । शहरका नजीकमा न्यानो कपडा बितरण गर्नेहरु प्रति आशाको गुनासो पनि छैन ।  

न्यानो लुगा आफना बच्चाको रहरमा मात्र सिमति हुन पेगेकोमा आशा मा निकै अमिलो हुन्छ तर बिकल्प भने छैनन ।  यसैगरी, सखुवाप्रसौनी गापा–२ स्थित दीपनारायण आदर्श नमूना मावि पंचगावाँका प्रअ शिवनाथ दास थारूले पनि चिसोको कारण ७५ प्रतिशत विद्यार्थी  बिद्यालय आउन छोडेको बताउनु भयो  ।

 

एक हजार ६५ विद्यार्थी रहेको सो विद्यालयमा अहिले २५ प्रतिशत विद्यार्थी आउनथालेको प्रअ थारूले बताउनु भयो  । चिसोसँगै विद्यालयले कक्षा कोठाको झ्यालढोका बन्द गरी विद्युतीय हिटरलगायतका सामग्रीहरूको प्रयोग गरेर कक्षाकोठा तापक्रम नियन्त्रण गर्ने काम गरेको पनि उहाँले जानकारी दिनु भयो ।


    उहाँले मौसम अनुसार पोशाक लगाएर विद्यालय पठाउन अभिभावकहरूसँग आग्रह गर्नु भएको छ । घरमा रहनुभन्दा पढाइ सीपको विकासको लागि विद्यालय पठाउनु उपयुक्त भएकोले त्यसका लागि न्यानो कपडाको व्यवस्था गरी पठाउन प्रअ थारूले आग्रह गर्नु भएको हो ।
    यसैगरी, चिसो बढेसँगै स्थानीय तहमा सेवाग्राहीहरूको सङ्ख्या पनि घटेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.