logo

कलोथिङ ब्याङ्कको सहयोगमा संस्कृतिद्धारा दलित बस्तीमा कम्बल वितरण

      12/21/2019 गते 00 00 मा प्रकाशित     1775   पटक पढिएको

वीरगञ्ज,  ५ पुस । विगत केही दिन देखि तराई मधेस क्षेत्रमा घट्दै गएको तापक्रम र सितलहरलाई मध्यनजर गर्दै सृजनशील युवाहरुको संस्था संस्कृतिले पर्साको दलित बस्तीमा कम्बल वितरण गरेको छ ।

पर्साको सखुवा पर्सौनी गाउँपालिका ५ स्थित महुवनमा शनिबार एक कार्यक्रम विच दलित समुदायमा कम्बल वितरण गरिएको हो ।

काठमाडौंस्थित कलोथिङ ब्याङ्क नेपालको सहयोमा संस्कृतिद्धारा महुवनको १ सय ५० परिवारलाई कम्बल वितरण गरिएको संस्थाका उपाध्यक्ष आँशु सर्राफले बताउनु भयो ।

कार्यक्रममा बोल्दै सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले सहयोगी संस्थाहरुलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनी यस्ता कार्यक्रम जारी राख्न आग्रह गर्नु भयो ।

 

उहाँले युवाहरु अगाडि आएर नेतृत्व लिन थालेको देखेर खुशी समेत व्यक्ति गर्दै आजको  युवा पीडिले यसरी नै नेतृत्व लिएर समाजको लागी कार्य गर्न थाले समाजमा रहेको समस्याहरू अन्त्य भएर जाने विश्वास व्यक्त गर्नु भयो ।

त्यसैगरी संस्कृतिका वरिष्ठ सल्लाहकार तबरेज अहमदले युवाहरुको पहलमा भएको कार्यक्रमलाई सराहना गर्दै आजको हरेक युवालाई संस्कृतिबाट प्रेरणा लिनुपर्ने बताउनु भयो  ।

 

उहााले सहयोगी संस्था कलोथिङ ब्याङ्क बाट आएका पदाधिकारीहरु लाई आगामी दिनमा पनी पर्साका अन्य गाउँ ठाउँमा यसरी नै सहयोग गर्न अपिल समेत गर्नुभयो ।

संस्कृतिकी अध्यक्ष शैली चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा संस्कृतिका सदस्यहरू हिमांशु बरनवाल, किरण गिरी, मनिषा शर्मा, कोलोथिङ ब्याङ्कका संयोजक श्रीराम गुरुङ, सिवानी प्रधान, आशिष घिमिरे, सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष रुपलाल कुमार  यादवलगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.