logo

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा उत्प्रेरणा तथा सरसफाई

      12/5/2019 गते 00 00 मा प्रकाशित     1163   पटक पढिएको

वीरगन्ज, १९ मंसिर । अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा रक्तदान उत्पे्ररणा कार्यक्रम र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको एभरग्रनि नर्सिङ्ग कलेजमा आयोजना गरिएको कार्यक्रम कलेजका प्रधानाध्यापक सरिता रुमटेलको सभापतित्वमा भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यसमिति सदस्य एवं नेपाल जुनियर युवा रेडक्रस समितिका संयोजक विनोद गिरी स्वयंसेवक दिवसको शुभकामना सहित रक्तदान महादान र रेडक्रसको परिचय वारे प्रशिक्षण दिनुभएको थियो । रक्तसंचारका ईन्चार्ज शौरभराज पाण्डेयले रक्तदान उत्प्रेरित गर्नुभएको थियो । रक्तदान उत्प्रेरणा कार्यक्रम पश्चात कलेज परिसरमा विद्यार्थीहरुबाट स्वयं सरसफाई गरिएको थियो ।

स्वयंसेवक दिवसको अवसर पारेर एभरग्रनि नर्सिङ्ग कलेजमा रक्तदान उत्प्रेरणा र कलेजको हाता सरसफाई कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्नु भएकोमा धन्यवाद दिदै कलेजकी प्रधानाध्यापिका सरिता रुमटेलले आउने दिनमा विद्यार्थीहरुबाट सामाजिक कार्यमा अझ सक्रियता हुन आग्रह गर्नुभयो ।  अन्तराष्ट्रिय स्वयंसेवक दिवसको वारेमा प्रकास पार्ने तथा कार्यक्रम संचालन गर्न कार्य नेपाल रेडक्रस सोसाइटी पर्साका सहायक राजन कुमार श्रीवास्तवले गर्नु भएको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.