logo

घुसको रकम सहित प्रहरी जवान रंगेहात पक्राउ

      9/9/2019 गते 00 00 मा प्रकाशित     1091   पटक पढिएको

वीरगन्ज २३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेका एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान पक्राउ परेका हुन ।आज बिहान १० बजेको समयमा   अख्तियारको टोलीले पाँच हजार घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेको हो  । 
 
वीरगञ्जको माईस्थान गहवामाई मन्दिर अगाडी रहेको भरतको दही चिउरा पसलमा बसेर सेवाग्राहीसँग नगद पाँच हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

 

पक्राउ परेको साहलाई स्थानीय वडा अध्यक्ष ध्रुव प्रसाद नेपालको रोहबरमा मुचुल्का उठाई घुसको रकमसहित आवश्यक अनुसन्धानको लागि आयोगको कार्यालय हेटौँडा लगिएको आयोगका शाखा अधिकृत कृष्ण सुवेदीले बताउनु भयो  ।पक्राउ परेका प्रहरी जवान साह जिल्ला प्रहरी कार्यालयको सहायता कक्षमा कार्यरत थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.