logo

छिपहरमाईमा  इमर्जेन्सी किट, वाटर फिल्टर र सोलर लाईट वितरण

      8/29/2019 गते 00 00 मा प्रकाशित     2060   पटक पढिएको

वीरगंज १२ भदौं  ।  पर्सा जिल्लास्थित छिपहरमाई गाउँपालिकाको जयमङ्गलापुरमा बिहिबार एक कार्यक्रम बीच बाढी प्रभावित बस्तीमा राहत सामग्री र इमर्जेन्सी किट वितरण गरिएको छ । 

समर्थ नेपालको आयोजना तथा सृजनशील युवाहरुको समुह संस्कृतीको सहकार्यमा छिपहरमाई गाउँपालिकाको वडा नं . ३ स्थित जयमङ्गलापुरमा गत महिना आएको बाढीबाट प्रभावित ४० परिवारलाई राहत सामग्री, इमर्जेन्सी किट र वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको हो ।

द वर्ल्ड ईज माई कन्ट्री फाउन्डेसन र द वाटर वियरर्सको सहयोगमा तैयार पारिएका प्रत्येक किटमा ४ थान फ्लिस ब्ल्याङ्केट, १ थान प्राथमिक उपचार किट, १ थान महिलाहरुलाई प्रयोग गर्न बनाईएको फ्रीडम किट, १ थान वाटर फिल्टर गर्ने उपकरण, एक थान बाल्टिन, एक थान मग, एक थान आपतकालीन ब्याग र १ थान सोलार लाईट रहेको छ । 

पिडितहरुलाई राहत वितरण गर्दै  छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारले विगतमा विभिन्न संस्थाले गाउँपालिकामा राहत वितरण गरेपनी समर्थ नेपालले उपलब्ध गराएको सामग्री अनौठो र भिन्न भएको बताउदै खुसी व्यक्त गरे । उनेले प्रदान गरिएका सम्पूर्ण सामग्री लामो समय सम्म प्रयोग गर्न मिल्ने भएकोले पिडितहरुलाई भविष्यमा समेत काम लाग्ने बताए । अध्यक्ष कुमारले युवाले आफ्नो समाज प्रतीको दाइत्व बुझेर यसरी नै काम गरे समाजका सम्पूर्ण कुरिती र समस्याहरुको अन्त्य हुँदै जाने विश्वास व्यक्त गर्दै आबद्ध संस्थाहरुलाई यस्ता कार्यहरुलाई निरन्तर दिन आग्रह समेत गरेका थिए ।

अध्यक्ष कुमारले छिपहरमाई गाउँपालिकामा बाढीको समस्या पटक पटक आउने भएकोले यस्को दीर्घकालीन उपायकालागी संघीय र प्रदेश सरकार संग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताए ।
 द वाटर वियरर्सकी प्रतिनिधी जेन ब्रिटोनले बाढी, हुरी जस्ता विभिन्न विपतका बेला आफुलाई शुरक्षित राख्ने प्रक्रिया बारेमा जानकारी गराउदै वाटर फिल्टर प्रयोग गर्न प्रशिक्षण समेत प्रदान गरेकी थिईन । उनले आफ्नो संस्थाले आगामी दिनमा थप विद्यालय र उपयुक्त स्थानहरुमा यस्तै फिल्टर र सोलार लाईट जडान गर्न  सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्ति गरीन ।

जेन र समर्थ नेपालकी प्रियाषा महर्जनले महिलाहरुलाई केन्द्रित गरेर बनाईएको फ्रीडम किट र पुन प्रयोज्य सेनेटरी प्याड उपयोग र त्यसको फाईदा बारे उपस्थित महिलाहरुलाई प्रशिक्षण दिएका थिए ।   

संस्कृतीका वरिष्ठ सल्लहाकार तथा समाजसेवी तबरेज अहमदले युवाहरुको पहलमा गरिएको यस्ता कार्यक्रमहरुले तिनीहरुमा समाज प्रतीको आफ्नो दायित्व  बारे सचेतना प्रवा हुने बताए । उनले वीभिन्न देशमा राहत र रकम संकलन गरी यहाँ पर्साका बाढी पीडितहरुका लागी ल्याईएको राहतले यहाँका जनता उत्साहित भएको बताए ।

संस्कृतीकी अध्यक्ष शैली चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा समर्थ नेपालका सागर पाराजुली, सुरबी रेग्मी, छिपहरमाई गाउँपालिका वडा नं . ३ का वडा अध्यक्ष बिनोद साह, संस्कृतीका कोषाध्यक्ष विनित डालमिया, सदस्यहरु हिमांशु बरनवाल, शशिकान्त सर्राफलगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आँशु सर्राफले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

दशैंअघि नै पर्सामा पुर्जा वितरण, भूमि समस्या समाधान आयोगको तयारी तीव्र

वीरगञ्ज ।  भूमि समस्या समाधान आयोगले दशैंअघि नै पर्सा जिल्लाका भूमिहीन तथा दलित समुदायलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ।

वीरगंजका शिक्षण संस्था १७ गते सम्मकालागि बिदा,सरसफाईका मापदण्डहरु परिपालन गर्न महाशाखाको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले फेरी पनि भदौ १७ गते  सम्मकालागि वीरगंजका सामुदायिक एवं संस्थागत बिद्यालयको बिदा बढाएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.