logo

युवा समाजको छौठौ वार्षिकोत्सव सम्पन्न ,चौतर्फी प्रशंसा  

      8/23/2019 गते 00 00 मा प्रकाशित     1398   पटक पढिएको

बीरगंज ६ भदौ ।
बीरगंज युवा समाजले आज एक भब्य समारोहकावीच आफनो छैठौ वार्षिकोत्सव मनाएको छ । समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा भएको कार्यक्रममा आजका युवाका समस्या, सम्भावना र चुनौतीका बिषयमा वक्ताहरुले आफनो धारणा राखेका थिए ।

आज वीरगञ्जस्थित होटेल मकालुको सभाहलमा  वार्षिकोत्सव समारोह मनाइएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले युवा समाजले समाजमा पीडामा परेका ब्यक्तिहरुको आवश्यकतालाई पुरा गर्न महत्वपपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे । उनले बीरगंज युवा समाजको नाम गर्वले लिने अवस्था बन्ने बिश्वास ब्यक्त गरे ।

 

नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष के.सी.लामिछानेले युवाको समस्याको चाङ देखउने मात्र होइन समाधानमा ध्यान दिन आग्ह गरे । उनले सिद्धान्त र ब्यवहारको बेमेल र सम्वदेनाहिन अवस्थाका कारण समाजमा समस्याहरु पैदा भएको बताए

 

। उनले असिमित सम्भावनाहरु भएपनि पहक काहाबाट गर्ने भन्ने अन्यौलता रहेको बताए । उनले अन्यौलताको अन्त्यकालागि प्रश्न गर्ने संस्कृतिको बिकास गर्नु पर्ने सुझाव दिए ।


कार्यक्रममा वीरगञ्ज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, युवा अभियन्ता ओमप्रकाश सर्राफ, सामाजिक अभियन्ता मधु राणा, चिकित्सक डा. श्याम सुन्दर दास लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा श्री चण्डी प्रसाद गणका गणपति सृजन बहादुर मल्ल डा. निरज सिंह डा. मनोज गुप्ता फोनिज प्रदेश नं २ का ईन्चार्ज निरज पिठाकोठे मगर, लगायतको सहभागिता रहेको थियो
समाजका सचिव हेमन्त तामाङ्गले स्वागत मन्तव्य गरेका थिए भने मुनलाईट विद्यालयकी छात्रा सुजिका पुलामीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुmले युवा समाजले खेल्दै आएको भुमिकाको प्रशंसा गरेका थिए । समाजले विगतमा गरेका कामहरु उल्लेखनिय रहेकोे तथा आउने दिनमा समाज थप क्रियाशलि भई लाग्नुपर्ने वक्ताहरुको भनाई रहेको थियो ।


कार्यक्रमको सहजीकरण समाजका सहसचिव विवेक कर्णले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

दशैंअघि नै पर्सामा पुर्जा वितरण, भूमि समस्या समाधान आयोगको तयारी तीव्र

वीरगञ्ज ।  भूमि समस्या समाधान आयोगले दशैंअघि नै पर्सा जिल्लाका भूमिहीन तथा दलित समुदायलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ।

वीरगंजका शिक्षण संस्था १७ गते सम्मकालागि बिदा,सरसफाईका मापदण्डहरु परिपालन गर्न महाशाखाको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले फेरी पनि भदौ १७ गते  सम्मकालागि वीरगंजका सामुदायिक एवं संस्थागत बिद्यालयको बिदा बढाएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.