logo

युवा समाजको छौठौ वार्षिकोत्सव सम्पन्न ,चौतर्फी प्रशंसा  

      8/23/2019 गते 00 00 मा प्रकाशित     1689   पटक पढिएको

बीरगंज ६ भदौ ।
बीरगंज युवा समाजले आज एक भब्य समारोहकावीच आफनो छैठौ वार्षिकोत्सव मनाएको छ । समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा भएको कार्यक्रममा आजका युवाका समस्या, सम्भावना र चुनौतीका बिषयमा वक्ताहरुले आफनो धारणा राखेका थिए ।

आज वीरगञ्जस्थित होटेल मकालुको सभाहलमा  वार्षिकोत्सव समारोह मनाइएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले युवा समाजले समाजमा पीडामा परेका ब्यक्तिहरुको आवश्यकतालाई पुरा गर्न महत्वपपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे । उनले बीरगंज युवा समाजको नाम गर्वले लिने अवस्था बन्ने बिश्वास ब्यक्त गरे ।

 

नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष के.सी.लामिछानेले युवाको समस्याको चाङ देखउने मात्र होइन समाधानमा ध्यान दिन आग्ह गरे । उनले सिद्धान्त र ब्यवहारको बेमेल र सम्वदेनाहिन अवस्थाका कारण समाजमा समस्याहरु पैदा भएको बताए

 

। उनले असिमित सम्भावनाहरु भएपनि पहक काहाबाट गर्ने भन्ने अन्यौलता रहेको बताए । उनले अन्यौलताको अन्त्यकालागि प्रश्न गर्ने संस्कृतिको बिकास गर्नु पर्ने सुझाव दिए ।


कार्यक्रममा वीरगञ्ज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, युवा अभियन्ता ओमप्रकाश सर्राफ, सामाजिक अभियन्ता मधु राणा, चिकित्सक डा. श्याम सुन्दर दास लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा श्री चण्डी प्रसाद गणका गणपति सृजन बहादुर मल्ल डा. निरज सिंह डा. मनोज गुप्ता फोनिज प्रदेश नं २ का ईन्चार्ज निरज पिठाकोठे मगर, लगायतको सहभागिता रहेको थियो
समाजका सचिव हेमन्त तामाङ्गले स्वागत मन्तव्य गरेका थिए भने मुनलाईट विद्यालयकी छात्रा सुजिका पुलामीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुmले युवा समाजले खेल्दै आएको भुमिकाको प्रशंसा गरेका थिए । समाजले विगतमा गरेका कामहरु उल्लेखनिय रहेकोे तथा आउने दिनमा समाज थप क्रियाशलि भई लाग्नुपर्ने वक्ताहरुको भनाई रहेको थियो ।


कार्यक्रमको सहजीकरण समाजका सहसचिव विवेक कर्णले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.