logo

नयाँबस्ती पिप्राको टोलबिकास संस्थाको पहल, जथाभावि पार्किङ गर्नेलाई दण्ड गरिने

      8/21/2019 गते 00 00 मा प्रकाशित     972   पटक पढिएको

बीरगंज ४ भदौ । 
लिंकरोड नयाँबस्ती पिप्रा टोल बिकास समितिले लिंक रोडमा जथाभावी पार्किङ गर्ने ठुला सवारी साधनलाई दण्डीत गर्ने भएको छ ।

लिंक रोडमा मालवाहक सवारी साधनको भारवहन गर्ने क्षमता नभएकोले सवारी पार्किङ नगर्न टोल बिकास संस्थाले सबैमा अपिल गरेको संस्थाका अध्यक्ष हरि गौतमले बताए । 


उनले पहिलो चरणमा प्रचारात्मक अभियान शुरु गरेको जानकारी दिए । पहिलो चरणमा टाल बिकास संस्थाले गरेको निर्णय जानकारीकालागि पार्किङ गरि राखिएको मालवाहक सवारी साधनमा टास्ने गरेको उनले बताए ।

 

अध्यक्ष गौतमको नेतृत्वमा टोल बिकास संस्थाका पदािधकारी सदस्य एवं सल्लाहकारहरुको टोली एका बिहानै सडकमा निस्कछ ।

 

सडकमा पार्किङ गरिराखिएको मालवाहक सवारी साधनमा पार्किङ नगर्न अपिल गर्दै लेखिएको सूचना टाँस गरिन्छ । संस्थाको बैठकले जथाभावी तथा सूचनाको अटेर गरि पार्किङ गर्नेलाई पाँच हजार रुपैया जरिवाना गराउने निर्णय गरेको संस्थाका सचिव ऋषि सत्यालले जानकारी दिए । 


टोल बिकास संस्थाको अभियानले सकारात्मक परिणाम दिन थालेको छ । सडकमा यत्रतत्र पार्किङ गरिएका ट्रकहरु देखिन्थे अहिले त्यो निकै कम भएको छ संस्थाका राजु श्रेष्ठले बताए ।

 

उनले टोलबिकास संस्थाले राम्रो काम गर्ने आशा जागृत भएको बताए । टोल बिकास संस्थाले टोलमा बाटो नालाको निर्माण हरियाली तथा टोलको सौन्दर्यकरण सुरक्षाको मजवुतीकालागि सिसि क्यामराको जडान जस्ता कार्याक्रमहरु अगाडि बढाउने तयारी गरेको संस्थाका सल्लाहकार राजेन्द्रहरि शर्माले बताए ।

 

टोल बिकास संस्था बनाएर काम गर्दा टोलमा अर्के खालको उत्साहको संचार भएको आर.के.शर्माले बताए । उनले बीरगंजको उतकृष्ट टोल लिकंरोड नयाँबस्ती बन्ने कुरामा ढुक्क हुन आग्रह गरे ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

दशैंअघि नै पर्सामा पुर्जा वितरण, भूमि समस्या समाधान आयोगको तयारी तीव्र

वीरगञ्ज ।  भूमि समस्या समाधान आयोगले दशैंअघि नै पर्सा जिल्लाका भूमिहीन तथा दलित समुदायलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ।

वीरगंजका शिक्षण संस्था १७ गते सम्मकालागि बिदा,सरसफाईका मापदण्डहरु परिपालन गर्न महाशाखाको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले फेरी पनि भदौ १७ गते  सम्मकालागि वीरगंजका सामुदायिक एवं संस्थागत बिद्यालयको बिदा बढाएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.