logo

फोनिजको २० औं स्थापना दिवसमा अन्तरकृयाको आयोजना

      8/11/2019 गते 00 00 मा प्रकाशित     1168   पटक पढिएको

वीरगन्ज, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले आज “संवैधानिक व्यावस्था र मिडियामा समावेशी अवस्था” विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

फोनिजको २० औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख अतिथि, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले सरकार आफै संविधान विपरित काम गरिरहेको आरोप लगाए । उनले संवैधानिक व्यावस्था अनुसार संसदमा सभामुख र उपसभामुख मध्य एकजना प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने भएपनि अहिले दुवै पद सत्तारुढ दलले नै राखेकोले संवैधानिक व्यावस्था अनुसार सरकार नचलेको जिकिर गरे ।

उनले संवैधानिक व्यावस्था अनुसार लोकसेवा आयोगको विज्ञापन हुनुपर्नेमा त्यसको विपरित विज्ञापन गरेर संवैधानिक आयोगले पनि संविधानको धज्जी उडाएको बताए ।  न्यायालयमा समेत प्रहार गर्ने प्रयासमा अहिलेको सरकार लागी रहेको पनि अध्यक्ष चौहानले दावी गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश नम्बर २ का इन्चार्ज निरज पिठाकोटे मगरले संविधानमा व्यावस्था भएपनि व्यवहारिक रुपमा यसको कार्यान्वयनमा राज्यले उदासिनता देखाउदा अहिले पनि आन्दोलनको बाटोमा हिड्नु परेको बताए ।

उनले राज्यले जस्तै पत्रकार संगठनहरुले पनि समावेशीताको सवालमा गम्भीर नभएकोले सबैलाई गम्भीर हुन आग्रह गरे । फोनिज पर्साका कार्यवाहक अध्यक्ष अजित भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, नेपाल आदिवासी जनजाति महासंघ पर्साका अध्यक्ष सोम बहादुर लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल आदिवासी पत्रकार महासंघ फोनिज पर्साका सचिव हेमन्त तामाङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य फोनिज प्रदेश नम्बर २ की सदस्य रश्मी राजभण्डारीले गर्नुभएको थियो । कार्यक्रमको विषयवस्तुमाथि जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका सचिव अधिवत्ता अमय दास थारुले प्रकाश पारेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

दशैंअघि नै पर्सामा पुर्जा वितरण, भूमि समस्या समाधान आयोगको तयारी तीव्र

वीरगञ्ज ।  भूमि समस्या समाधान आयोगले दशैंअघि नै पर्सा जिल्लाका भूमिहीन तथा दलित समुदायलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ।

वीरगंजका शिक्षण संस्था १७ गते सम्मकालागि बिदा,सरसफाईका मापदण्डहरु परिपालन गर्न महाशाखाको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले फेरी पनि भदौ १७ गते  सम्मकालागि वीरगंजका सामुदायिक एवं संस्थागत बिद्यालयको बिदा बढाएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.