logo

श्रीमतीलाई छुरा हान्ने श्रीमान पक्राउ

      7/30/2019 गते 00 00 मा प्रकाशित     1249   पटक पढिएको

बीरगंज १४ साउन  ।

श्रीमतीलाई चक्कुले रेटेर मार्ने प्रयास गरेका श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले बीरगंज महानगरपालिका वडा नं १० घडिअर्वा निवासी २४ वर्षिय रोशन कुमार गुप्ता गिरफ्तार गरेको हो ।

 

चक्कु प्रहारका कारण घाइते भएकी कान्छी श्रीमती २२ वर्षिया मनु चौधरीको बीरगंजको नारयाणी अस्पतालमा उपचार हुन नसके पछि अहिले बीरगंजको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको घाँटीमा गहिरो चोट लागेको छ ।


गुप्ताले श्रीमती चौधरीलाई घुमाउनकालागि बीरगंजको वडा नं १५ भिषूवा डाडामा लगेका थिए । डाडामा रहेको झाडीमा लगेर धारिलो हतियार ९छुरा० ले घाँटी रेटी घाईते बनाएका थिए । रोशन कुमार गुप्ता भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको डिएसपी अनन्त राम शर्माले बताए ।

गुप्तालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.