logo

शान्ति सुरक्षामा चुनौती खडा गर्नेलाई निरुत्साहनकालागि सहयोग गर्न प्रहरीको अपिल

      6/30/2018 गते 00 00 मा प्रकाशित     1059   पटक पढिएको

ईसीमाना सम्वाददाता

वीरगन्ज १६ असार । 

पर्साका प्रहरी प्रमुख रेवती ढकालले शान्ति सुरक्षामाथि चुनौती खडा गर्ने प्रवृतिलाई निरुत्साहित गर्नकालागि प्रहरीलाई सहयोग गर्न स्थानीय नागरिकसंग अपिल गरेका छन । 


इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आयोजना गरेको सार्वजनीक सुनवाई कार्यक्रममा नागरिक सवालको जवाफ दिने क्रममा प्रहरी उपरिक्षक ढकालले यस्तो बताएका हुन ।


उनले प्रहरीको अनुसन्धान गलत भयो भने खवरदारी गर्न समेत नागरिकलाई अपिल गरे । समाजमा हुने अपराध न्यूनीकरण र अपराधीलाई कारवाही गर्ने बिषयमा प्रहरीले जहिल्ये पनि नागरिको सहयोग खोजेको बताए ।

 

उनले प्रहरीको आउन कुनै पनि खालको दलाल र बिचौलीयाको सहयोग नलिन आग्रह गर्दै आम मान्छेलाई पनि प्रहरीकोमा आउन कुनै समस्या नरहेको प्रष्ट पारे । प्रहरीले पीडमा परेका मान्छेलाई जहिले पनि सहयोग गर्ने उनीहरुको न्यायकालागि काम गर्ने बताए ।

 

अपारधीक गतिविधिको सूचना पाएर आउने सिभिल प्रहरी प्रति शंकालागे  परिचय पत्र हेर्नुहोस तर अपराधीलाई उम्कन वतावरण कुनै हालतमा नबनाउन समेत उनले आग्रह गरे । समाजका मान्छेले अवरोध सृजना गर्ने वा अप्ठायारो बनाउने काम भयो भने त्याहा दुःखद घटनाहरु हुन सक्ने प्रति सचेत रहन समेत एसपी ढकालले आग्रह गरे । उनले तपाईले शंकालागेर चेक गरेको मान्छे नक्कली फला प¥यो भने आफनो मोवाइलमा सम्पर्क आग्रह गर्दै आफनो मोवाइल नम्बर ९८५५०२१११३ सबैलाई टिप्न लगाए ।

 


कुनै प्रहरीले घुस खाएमा मागेमा तस्करी गर्न छुट दिन पैसा लिएको प्रमाणीक सूचना दिन आग्रह गर्दै त्यस्तो पाउने बित्तिके त्यस्ता प्रहरी कर्मचारीहरुलाई कारवाही गर्ने उनले प्रतिवद्धता जनाए । 


कार्यक्रममा स्थानीय असरफ मिया,इजहार मियाले प्रहरीले गाँजा चरेसको नाममा छापामारी गर्ने र त्यसमा संलग्न नरहेका मान्छेलाई समेत कारवाही प्रक्रियामा समावेश गरेको भन्दै प्रहरीको आलोचना गरेका थिए । स्थानीय ललिता देवीले रक्सी भट्टीहरुका कारण रक्सी खाएर घरमा गई श्रीमती कुटने प्रवृति बढेको भन्दै भट्ट बन्द गराउन माग गरेकी थिइन । 


पटेर्वा सेगौली गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख ममता महतो वडा नं १ फरमान अन्सारी २ बिजय गैरे लगायत समाजका सबै बर्ग र तप्काका अगुवाहरुको सहभागिता रहेको थियो । सार्वजनीक सुनवाईले नागरिक र प्रहरीवीचको टुटेको सम्वादको कडीलाई जोडेको स्थानीयको बुझाई रहेको छ ।


कार्यक्रमको संचालन प्रहरी निरिक्षक आशिष अधिकारीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.