logo

नागरिकको आर्थिक अवस्थालाई पनि मानव अधिकारको बिषय बनाइनु पर्छ -उपप्रमुख खातुन 

      6/28/2018 गते 00 00 मा प्रकाशित     1230   पटक पढिएको

पोखरिया १४ आसार  ।
पर्सा जिल्लामा वर्ष २०१८ को पहिलो ६ महिनामा मानव अधिकार उल्लघंन २२ वटा घटना दर्ज भएका छन । पोखरिया नगरपालिकाको श्री जिल्ला उच्चाङ्गल प्राविधिक उच्च माध्यामिक बिद्यालयमा बिहिवार भएको एक समिक्षा गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।

 

पहिलो पटक सदरमुकाम भन्दा बाहिर गएर अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को अद्र्धवार्षिक समिक्षा गोष्ठी गरेको हो ।

 

पोखरिया नगरपालिकाका उपप्रमुख एवं न्यायीक समितिका संयोजक सलमा खातुनले महानगरभन्दा बाहिर आएर वर्ष पुस्तकमा समेटिने घटनाको समिक्षा हुनुलाई सुखद भएको बताइन ।

 

उनले सामाजिक न्यायमा पहुच हुने ब्यवस्था निर्माण अधिकारकर्मीले अहिले पनि काम गर्न आवश्यक रहेको बताइन ।

उपप्रमुख खातुनले बिकास निर्माणका कामबाट नागरिकले प्राप्त गर्ने उपलब्धी समेत मानव अधिकारको प्रत्याभूतीसंग जोडिने बताइन । उनले नागरिकको आर्थिक समृद्धिको अवस्था र स्थितिलाई पनि मानव अधिकारको बिषय बनाइनु पर्नेमा जोड दिइन । 


उनले शिक्षा स्वास्थ्य वतावरण रोजगार जस्ता मौलीक हकहरुको कार्यान्वयनको अवस्थाको बिषयमा मानव अधिकारको क्षेत्रबाट पनि निगरानी हुनु पर्ने बताइन । 


कार्यक्रममा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले अद्र्धवार्षि समिक्षा अन्र्तगत २२ वटा घटना  सार्वजनीक गरेका थिए । बलात्कार प्रयास २ बलात्कार का घटना १० जसमध्य १८ वर्ष मुनीका वालिका बलात्कारको घटना ५ मानव बेचबिखनका घटना ३ जसमध्य दुई जना १८ वर्ष मुनीका वालिका बेचिनुबाट उद्धार भएको उनले बताए । त्यसै गरि गर्भ पतको १ बहुविवाहको १ आमा बाबु मिली छोरीको हत्या गरिएको घटना १ वाल बिवाह उधोगका ३ घटना रहेको उनले जानकारी गराएका थिए । 


उनले बिभिन्न स्वास्थ्य चौकीमा उपचारमा आवश्यक हुने औजारहरु पुराना भएको स्वास्थ्य चौकीमा पर्याप्त  स्थान नरहेको जनशक्तिको सहि परिचालन हुन नसकेको स्थानीय तहले अनुदान दिएर खरिद गरिएको धानको बिउ नउम्रिएको जस्ता घटनाहरु पनि समाजमा देखिएको जानकारी गराएका थिए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सहसचिव आर.के.पटेलले इन्सेकले सार्वजनीक गरेको घटना भन्दा पनि बढी संख्या हुने सक्ने बताए ।उनले इन्सेकको पहुच भन्दा बाहिर घटना रहन सक्ने चर्चा गर्दै कार्यक्रका सहभागिहरुलाई आफनो ठाउमा भएका घटनाहरुको सूचना इन्सेकलाई उपलब्ध गराउन समेत आग्रह गरेका थिए ।

उनले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले हाम्रो मानव अधिकारको अवस्थाको बारेमा बताउने भएकोले घटनाहरु लुक्न नहुनेमा समाजले समेत जोड दिनु पर्ने बताए ।


त्यसैगरि गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साहले मानव अधिकारको बिषयमा सदरमुकाम भन्दा बारिह पनि छलफलको आयोजना गएिको धन्यवाद दिदै मानव अधिकारको सम्मान र प्रत्याभूतीको वतावरण मनाउन स्थान्ीय सरकारलाई मानव अधिकार मैत्री बनाउन पर्नेमा जोड दिए ।

 

स्थानीय तहमा जनप्रतिनिधिहरुले जे बोल्छन त्यही नै कानून र निर्णय हुने गलत प्रवृतिको बिकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.