logo

सपथ नखादै जनतासँग जान छाडे जनप्रतिनिधि, ११ जना मध्य एकजना कार्यक्रममा उपस्थित

      1/13/2018 गते 00 00 मा प्रकाशित     2445   पटक पढिएको

वीरगन्ज, २९ पुस । शनिबार वीरगन्जको माईस्थानमा रिपोर्टस क्लब नेपालले ‘वीरगन्जलाई प्रदेशिक राजधानी बनाउने सम्बन्धमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको योगदान र भूमिका’ विषयक कार्यक्रमको आयोजना गरेको थियो ।

प्रदेशसभामा निर्वाचित र समानुपातिकमा परेका प्रदेशसभा सदस्यहरुरलाई बोलाईएकोमा जम्मा एकजना प्रदेशसभा सदस्य मात्रै उपस्थित भए । जनताको भावना र जनताको चाहाना पूरा गर्छौ भनेर निर्वाचनमा भोट माग्न गएका उम्मेदवारहरुलाई जनताले भोट दिएर प्रदेशसभा सदस्यमा पठाएका जनप्रतिनिधिहरुले प्रदेशसभा सदस्यको सपथ नखादै जनतालाई धोका दिएका छन् ।

अहिले वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने चौतर्फी दबाव बढीरहँदा प्रदेशसभाको राजधानी कहाँ राख्ने भन्ने निर्णयाक तहमा पुगेका प्रदेशसभा सदस्यहरु भने जनताले प्रश्न गर्ने सार्वजनिक स्थानमा उपस्थित नभएर जनमतलाई अपमान गरेका छन् । पर्साबाट ८ जना निर्वाचित र ३ जना सामानुपातिक गरी ११ जना प्रदेशसभा सदस्यमा भएका छन् ।

तर, बिहान ११ बजे राखिएको कार्यक्रममा दिउँसो ४ बजे सम्ममा जम्मा एकजना मात्रै प्रदेशसभा सदस्य उपस्थित भए । पर्सा क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शंकर चौधरी कार्यक्रममा उपस्थित भए । अन्य कुनैपनि प्रदेशसभा सदस्यहरु कार्यक्रममा उपस्थित भएनन् । प्रदेशसभा सदस्यहरु कार्यक्रममा उपस्थित नभएपछि कार्यक्रममा सहभागि सर्वसाधारणहरुले भने आक्रोश व्यक्त गरे । हामीले जिताएर पठाएको नेताहरु अहिले नै हामीलाई धोका दिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौका युवा छठु साहले भने, “यीनिहरु सेटीङ्गमा लागेका छन् । वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्छ भनेर यति आन्दोलन हुँदा समेत आउदैनन् । मधेस आन्दोलनमा हामी ढोल तासा बजाएर नाकामा आयौं तर अहिले हाम्रो अगाडि नेता आएनन् । यो हाम्रो मतको अपमान हो ।”

मधेस आन्दोलनको बेला नाकामा आउँदा राजेन्द्र महतो र उपेन्द्र यादवले मेरै सामने वीरगन्जलाई राजधानी बनाउछौं भने भनेका थिए । तर, अहिले किन बोल्दैनन् ? राजेन्द्र महतो किन जनकपुरलाई राजधानी बनाउछौं भनिरहेको छ ? उनको आक्रोशपूर्ण प्रश्न थियो । कार्यक्रममा अर्का युवा अलौकै अमर यादवले कार्यक्रममा उद्योगी व्यवसायी पनि नआएको भन्दै पर्सामा चारवटै क्षेत्रमा प्रतिनिधिसभामा मधेसी दलहरुले जितेका छन् तर राजेन्द्र महतो एक्लैले जनकपुरलाई राजधानी बनाउछु भन्न सक्छ भने पर्साका नेताहरुले किन भन्न सक्दैनन् ? उनको प्रश्न थियो ।

उनले आक्रोशित हुदै भने, “हामीलाई उल्लु बनाएका छन् । नाकामा गएर हामी पनि बसेका थियौं । हामीले फोरमलाई भोट हालेर जितायौं । तर, अहिले वीरगन्जलाई राजधानी बनाउने साझा मुद्दामा किन कोही आएनन् ? अब जनताले चिनेर राखेका छन् नेताज्यूहरु याद राख्नुस् ।” बिहान ११ बजे बोलाईएको कार्यक्रममा आउछु भन्दै दिउँसो ४ बजे सम्म पनि जनप्रतिनिधिहरु नआएपछि जनता आक्रोशित भएका थिए ।

प्रदेश नम्बर २ का मुख्यमन्त्रीका दावेदार लालबाबु राउत गद्दी काम विशेषले पश्चिमतिर जाने जानकारी गराएको भएपनि अरु जनप्रतिनिधिहरुले भने आउछु भनेर झुक्याएको कार्यक्रम आयोजक रिपोटर्स क्लब नेपाल मधेस प्रमुख कन्हैया गुप्ताले बताए ।       

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.