logo

नेपाली सेनाद्वारा शीतलहर पीडितलाई राहत वितरण

      1/12/2018 गते 00 00 मा प्रकाशित     1485   पटक पढिएको

वीरगन्ज, २८ पुस । तराईमा चलिरहेको शीतलहरबाट पीडितहरुलाई राहत स्वरुप कम्बल वितरण गर्ने कार्य जारी रहेको छ ।

जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकको निर्णय अनुसार जिल्लामा रहेको विभिन्न निकायहरुले आ–आफ्नो श्रोतबाट समितिको समन्वयमा जिल्लाका रहेको अति विपन्न, गरिब, असहाय, बृद्धवद्धा, महिला, बालबालिका तथा अनाथ शीतलहर पीडितहरुलाई नेपाली सेनाले पनि राहत वितरण गरेको छ ।

वीरगन्जको श्रीपुरमा रहेको श्री चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी जनबहादुर मल्लको नेतृत्वमा गएको सेनाको टोलीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा रहेको दलित बस्तीका असहाय, गरिब तथा विपन्न ५० घरपरिवालाई ५० थान कम्बल वितरण गरिएको हो ।

गणपति प्रमुख सेनानी श्री जनबहादुर मल्लले ५० थान कम्बल वितरण गर्नुका साथै गरिबहरुलाई उनीको टोपी, विस्कुट र बालबालिकाहरुलाई दुध समेत वितरण गरेको छ । नेपाल रेडक्रस महुवन उपशाखाका सभापति गणेश राम र स्थानीय बासिन्दाहरुको रोहबरमा कम्बल तथा राहत वितरण भएको हो ।

कम्बल वितरण गर्दै गणपति प्रमुख सेनानी मल्लले नेपाली सेना देश र जनताको सुरक्षाको लागि सधैं अग्रपंक्तिमा रहने र दैवी प्रकोप तथा विपतमा पनि अगाडी रहेर समाज सेवामा समर्पित रहेको बताए ।

उनले अहिले तराईमा चलिरहेको शीतलहरले पीडित जनतालाई राहत होस् भनेर कम्बल लगायतका राहत सामग्री वितरण गरेको बताए । राहत वितरणका लागि नेपाली सेनालाई महुवन रेडक्रस उपशाखा तथा महुवनवासीले दिएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.