logo

नेपाली सेनाद्वारा शीतलहर पीडितलाई राहत वितरण

      1/12/2018 गते 00 00 मा प्रकाशित     1684   पटक पढिएको

वीरगन्ज, २८ पुस । तराईमा चलिरहेको शीतलहरबाट पीडितहरुलाई राहत स्वरुप कम्बल वितरण गर्ने कार्य जारी रहेको छ ।

जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकको निर्णय अनुसार जिल्लामा रहेको विभिन्न निकायहरुले आ–आफ्नो श्रोतबाट समितिको समन्वयमा जिल्लाका रहेको अति विपन्न, गरिब, असहाय, बृद्धवद्धा, महिला, बालबालिका तथा अनाथ शीतलहर पीडितहरुलाई नेपाली सेनाले पनि राहत वितरण गरेको छ ।

वीरगन्जको श्रीपुरमा रहेको श्री चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी जनबहादुर मल्लको नेतृत्वमा गएको सेनाको टोलीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा रहेको दलित बस्तीका असहाय, गरिब तथा विपन्न ५० घरपरिवालाई ५० थान कम्बल वितरण गरिएको हो ।

गणपति प्रमुख सेनानी श्री जनबहादुर मल्लले ५० थान कम्बल वितरण गर्नुका साथै गरिबहरुलाई उनीको टोपी, विस्कुट र बालबालिकाहरुलाई दुध समेत वितरण गरेको छ । नेपाल रेडक्रस महुवन उपशाखाका सभापति गणेश राम र स्थानीय बासिन्दाहरुको रोहबरमा कम्बल तथा राहत वितरण भएको हो ।

कम्बल वितरण गर्दै गणपति प्रमुख सेनानी मल्लले नेपाली सेना देश र जनताको सुरक्षाको लागि सधैं अग्रपंक्तिमा रहने र दैवी प्रकोप तथा विपतमा पनि अगाडी रहेर समाज सेवामा समर्पित रहेको बताए ।

उनले अहिले तराईमा चलिरहेको शीतलहरले पीडित जनतालाई राहत होस् भनेर कम्बल लगायतका राहत सामग्री वितरण गरेको बताए । राहत वितरणका लागि नेपाली सेनालाई महुवन रेडक्रस उपशाखा तथा महुवनवासीले दिएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.