logo

रेडक्रस पर्साद्वारा कम्बल वितरण

      1/9/2018 गते 00 00 मा प्रकाशित     1731   पटक पढिएको

वीरगन्ज, २५ पुस । नेपाल रेडक्रस सोसाइटी पर्साको सहयोगमा अहिले तराईमा चलिरहेको शीतलहरका कारण विभिन्न स्थानमा प्रभावितहरुको लागि कम्बल वितरण कार्यलाई मंगलबार पनि जारी राखेको छ ।

पर्सा जिल्लाका विभिन्न स्थानीय तहका वृद्ध, असहाय, बालबालिका, महिलाहरुलाई जाडो छल्ने न्यानो कम्बल वितरण गरिएको हो । यहि क्रममा मंगलबार पर्साको जगरनाथपुर गाउँपालिका वडा २ देखि ६, मसिहानी , बिजवनिया, जानकिटोला,

औराहामामा एकसय ३० थान कम्बल, जीराभवानीपुर गाउँपालिका वडा ४ सुपौली भवानीपुरमा ५० थान कम्बल, बहुदरामाई नगरपालिका वडा–४ बहुअरि पिडरीमा ३८ थान गरि जम्मा दुईसय १८ थान कम्बल बितरण गरेको छ ।

रेडक्रस पर्साका सभापति फुलमहम्मद मियाँको सभापतित्वमा भएको कार्यक्रममा पर्साका निमत्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले  शीतलहर पीडितहरुलाई कम्बल बितरण गरेका थिए ।

कम्बल बितरण कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ, पूर्व सांसद जयप्रकाश थारु, शाखा अधिकृत उदयराज शर्मा, पत्रकार महासघका सचिव युवराज खड्का, रेडक्रस पर्साका सहायक राजन श्रीवास्तव, जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा कृष्ण थपलिया, प्रहरी प्रतिनिधि, सशस्त्र प्रहरी प्रतिनिधि, स्थानीय बासिन्दाहरुको रोहबरमा सो कम्बल बितरण गरिएको हो ।

कम्बल बितरण गर्दै सहभागीहरुलाइ जाडोबाट वच्न र बचाउन अपनाउनु पर्ने उपायहरुको बारेमा समेत निमित्त प्रमुख जिल्ला अधिकारी  दुर्गादत्त पौडेलले जनचेतना जगाएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.