logo

६ महिला सहित ७७ जनाले गरे रक्तदान 

      4/22/2017 गते 00 00 मा प्रकाशित     1611   पटक पढिएको

वीरगंज ९ बैशाख ।
दुर्गा पुजा सेवा समिति रानीघाटले सातौ पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  । रानीघाट चोकमा आयोजित रक्तदान कार्यक्रममा ६ महिला सहित ७७ जनाले रक्तदान गरेका हुन । कार्यक्रमको रानीघाटका स्थानीय डा.अगेन्द्र प्रसाद यादवले दिप प्रज्वलीत  गरि उद्घाटन गरेका थिए । कार्यक्रममा गीता मानन्धर, इसुधा खड्गी, श्रुती बर्मा, पुनम श्रीवास्तव, राजु गुप्ता, संजिव थापा, मनोज गुप्ता, नुरुल होदा, प्रणय कुमार, अबुलैश अंसारी, निरंजन साह, सतिश सिंह, बिरेन्द्र साह, संदिप साह, इमरान अंसारी, किरण गुप्ता, रामाशंकर सर्राफ, बासुदेव रौनियार, रोहित कुमार बर्णवाल, उमेश सर्राफ, सनोज गुप्ता, रंजित खड्गी, असु सर्राफ, राकेश मानन्धर, सागर बर्णवाल, सुवास कुमार साह, ओमजय साह, संतोष पासवान, राहुल राज सोनी लगायतकाले रक्तदान गरेका हुन । समितिले बर्षमा दुई पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको समितीका सल्लाहकार सतिश सिंह राजपुतले बताए  । दुर्गा पुजा सेवा समितिका अध्यक्ष रबि रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सल्लाहकार संजिव थापा, रक्त संचार केन्द्रका प्रमुख प्रविण मानन्धर, रेडियो बिन्दासका संचालक आर.सि.यादव, समितिका संस्थापक अध्यक्ष अजय पौडेल ब्डल डोनर एशोसिएशन पर्साका सचिव अरबिन्द सिंह लगायत स्थानिय भद्रभलादमी, संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार प्रणय कुमारले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.