logo

श्रीराम कथाको तयारी पुरा, रुँगटा वेलफेयर धार्मिक कार्यमा

      3/22/2017 गते 00 00 मा प्रकाशित     1610   पटक पढिएको

बीरगंज ९ चैत ÷ यहाँको प्रतिष्ठित औद्योगिक घरना मुरलीधर रुँगटा समुहले चैत महिनाको १६ गतेदेखि २३ गतेसम्म साताब्यापी श्रीराम कथा वाचन मार्फत धार्मिक कार्यको थालनी गर्न लागेको जनाएको  छ । धार्मिक कार्यको सबै तयारी पुरा भएको  आयोजकले जनाएका छन  । मुरलीधर रुँगटाका स्वर्गीय माता तथा पिता श्रीमती भगवानी देबी रुँगटा र रामेश्वरलाल रुँगटाको स्मृतिमा आयोजना गर्न लागिएको कथा वाचनमा यस भेगका असंख्य श्रद्धालु तथा भक्तजनहरुको सहभागिता गराउने गरि रुँगटा परिवार लागि परेको छ  ।  भारतका प्रख्यात रामभक्त तथा संत बिजय कौशलजीको मुखारबिन्दबाट श्रवण गराइने रामकथा आदर्शनगर रंगशालामा हुने भएको छ ।  उक्त राम कथाको अमृत बर्षाबाट सबैलाई मन्त्रमुग्ध पार्ने र धार्मिक कार्म मार्फत समाजीक रुपमा बेला बखत सृजना हुने बिकृति र बिसंगतिको अन्त्य हुने अपेक्षा राम कथा मार्फत आयोजकहरुले राखेका छन ।
        रामकथाको अमृतबर्षाको श्रवण पछि आफ्नो मनमा आउने सबै प्रकारको दुषित सोच र भावनामा समेत कमी आउने र आफूलाई सत्कर्म र सत्मार्गमा लाग्न प्रेरित गर्ने हुनाले यस्ता काममा सदैब लागिरहने कुरा आयोजक मुरलीधर रुँगटाले बताए ।   रुँगटा वेलफेयर सोसाइटी नामक पारिवारिक संस्था मार्फत धार्मिक र समाजीक तथा शिक्षा, स्वास्थ्या र समाजीक बिकासको बिबिध क्षेत्रमा सेवा गर्ने योजना बनाएको संस्थाले देशका बिभिन्न स्थानमा मठ मन्दिर निर्माण र सहयोग, अतिथि सदन निर्मण, हनुमान मन्दिरको निर्माण, एम्बुलेन्स प्रदान, जनजाती छात्राबास, सामुदायीक प्रहरी, यज्ञशाला भवन निर्माण, बिभिन्न बिद्यालयमा अध्ययन गरिरहेको बिद्यार्थिहरुलाई छात्राबृत्ति प्रदान, नेत्रज्योति गुमाएकाहरुलाई सेतो छडी प्रदान, कानको उपचारमा सहयोग,जस्ता धार्मिक तथा सयौं समाजिक काममा आफूलाई उ्भ्याएको संस्थाका सुरेश रुगंटाले जानकारी दिए । उक्त संस्थाले आयोजना गरेको धार्मिक प्रवचनमा नगरका बिभिन्न ब्यक्तिहरुको सहभागिता रहने हुनाले भब्य र ब्यबस्थित बनाउन लाखौं खर्च लाग्न  संस्थाका उपाध्याक्ष कुन्तादेबी रुँगटाले बताइन ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.