logo

रास्वपा पर्सा सभापति पन्तले दिए  मतदातालाई धन्यवाद भने बिधिको शासन स्थापना गर्छौ

 इसीमाना सम्वाददाता     २०८२ फागुन २७ गते ०४: ४२ मा प्रकाशित     297   पटक पढिएको

वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति हरि पन्तले  प्रतिनिधिसभा सदस्यमा आफु लगायत चारै क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजय  भए पछि एक धन्यवाद एबम शुभकामना सन्देश जारी गर्दै मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

 

पन्तले आफूसँगै जिल्लाका  चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूको विजयलाई परिवर्तनको लहरको रूपमा व्याख्या गर्दै देशमा भ्रष्टाचार र कुशासन अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 

 सन्देशमा पन्तले भनेका छन्, “पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा आफू सहित जिल्लाका चारै क्षेत्रबाट  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनु भएका सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता तथा साथीहरू र परिवारका सदस्यहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ।”

 

उनले मतदाताहरूको साथ, , सहयोग र मार्गदर्शनले नेपालभरि परिवर्तनको लहर आएको दाबी समेत गरेका छन् । “तपाईँहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशै भरि परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” उनले उल्लेख गरेका छन् ।

 

पन्तका अनुसार, आगामी दिनहरूमा उनीसँगै पर्साका चारै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासनलाई अन्त्य गरी विधिको शासन स्थापना गर्ने जिम्मेवारी रहने छ ।

 

उनले देशलाई प्रगतिको बाटोमा लैजाने आफूहरूको यात्रामा सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको आवश्यकता रहने बताएका छन् । “यस यात्रामा सहकार्य गर्नुहुने तपाईँ सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको मलाई आवश्यकता रहनेछ,” उनले सन्देशमा उल्लेख गरेका छन् ।

 

पर्सा जिल्लामा रहेको चार वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन् । पर्सा – १ मा पन्त निर्वाचित भएका छन् भने पर्सा – २ मा रास्वपाकै उम्मेदवार सुशील कुमार कानु, पर्सा – ३ मा पनि रास्वपाका रमाकान्त चौरसिया र पर्सा – ४ मा रास्वपाका टेक बहादुर शाक्य  निर्वाचित भएका छन् ।

 

समानुपातिक तर्फ पनि पर्सामा रास्वपानै पहिलो पार्टी बनेको छ । रास्वपाका उम्मेदवारहरूले पर्सा जिल्लामा उल्लेखनीय सफलता हासिल गरेको निर्वाचनलाई राजनीतिक विश्लेषकहरूले परिवर्तनको सङ्केतको रूपमा हेरेका छन् ।

 

उनीहरूको विजयले स्थानीय स्तरमा पार्टीको प्रभाव विस्तार गरेको छ भने राष्ट्रिय स्तरमा भ्रष्टाचार विरोधी अभियानलाई बल पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

पार्टीका अन्य नेताहरूले पनि पन्तको सन्देशलाई समर्थन गर्दै आगामी कार्य योजनामा एकजुट हुने बताएका छन् । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.