logo

सुखचैनामा रास्वपाको भेला सम्पन्न, युवाहरुको एउटा समुह पार्टीमा समाहित

 इसीमाना सम्वाददाता     २०८२ फागुन ८ गते ०१: ५२ मा प्रकाशित     217   पटक पढिएको

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत सुखचैनामा युवाहरुको एउटा समूह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको छ । पार्टी प्रवेश कार्यक्रममा स्थानीय युवा  नेता र कार्यकर्ताले पार्टीमा आबद्धता जनाएका हुन् ।

 

उनीहरुलाई पार्टीका पर्सा सभापति एवं पसाृ क्षेत्र नं १ का उम्मेदवार हरि पन्त(बुद्धी पन्त)ले  स्वागत गरेका थिए।

 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति तथा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले सुखचैनाबाट ठूलो सङ्ख्यामा युवाहरु  पार्टीमा आएको उल्लेख गर्दै यसले पार्टीलाई  अझ बलियो बनाएको बताए।

 

उनले आगामी फागुन २१  मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।

 

हालको राजनीतिक परिवेशमा जनताले नयाँ विकल्प खोज्दैछन्, र राष्ट्रिय स्वतन्त्र पार्टीले यही आशा–आकांक्षालाई प्रतिनिधित्व गर्न सक्षम नेतृत्व ल्याइरहेको उनले बताए। उनले पार्टी प्रवेश गर्ने सबैलाई एकजुट भएर निर्वाचनमा परिचालन हुन अपिल गरे।

 

कार्यक्रममा प्रवेश गर्ने धेरै नेता तथा कार्यकर्ता स्थानीय समाजका विभिन्न पेशामा आबद्ध रहेको र अब रास्वपाको आगामी चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।

 

पार्टी नेतृत्वले  संगठनलाई सुदृढ गर्दै मतदातालाई व्यस्त र सकारात्मक राजनीतिक एजेन्डासँग जोड्ने रणनीति जारी राख्ने घोषणा पनि गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.