logo

मुर्ली भेलामा दर्जनौ ब्यक्ति कांग्रेसमा समाहित, सद्भाव, भाइचारा र शान्तिको पक्षमा मत दिन कांग्रेस उम्मेदवार रुङटाको अपिल

 इसीमाना सम्बाददाता     २०८२ फागुन ५ गते ०६: ४२ मा प्रकाशित     357   पटक पढिएको

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नं.१३ मुर्ली सोमबार  विभिन्न राजनीतिक दल परित्याग गर्दै करिब अढाई सयभन्दा बढी नेता–कार्यकर्ता नेपाली काँग्रेसमा समाहित भए ।

 

  प्रतिनिधि सभा निर्वाचन नजिकिदै जाँदा भएको यो बृहद् प्रवेश कार्यक्रमले नेपाली कांग्रेसलाई मनोबैज्ञानिक रुपमा पनि उत्सहित बनाएको छ । 

May be an image of temple and text that says '5-货生52出55 一年型特公代業ー ll शपराला 知かゆの नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ क्षेत्रनं.भका का विकाश प्रेमी उमेदवार श्री3 कुमार रुडटा मात्ीशपे बुनाव प्रवार प्सार प्रसार विरजज महावत'

नेपाली काँग्रेस मुर्लीका बुथ सभापति कबिर अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले, जनता समाजवादी पार्टी लगायतका दल परित्याग गरी करिब १ सय ५० पुरुष र १ सय महिला—काँग्रेसमा प्रवेश गरेका हुन्। युवाको उत्साह र महिलाको सक्रिय सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

 

नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुङटाले फुलमाला र गम्छा ओढाएर हार्दिक स्वागत गरे।

 

उनले  युवाको जोश र परिवर्तनको चाहनाले पार्टीलाई अझ बलियो र गतिशील बनाएको बताउँदै देश विकास, सुशासन र ‘समृद्ध नेपाल’ निर्माणको साझा अभियानमा काँग्रेस दृढ रहेको धारणा राखे ।

 

 साथै, समुदायबीच भ्रम र विभाजन फैलाउने तत्वबाट सचेत रहन आग्रह गर्दै सद्भाव, भाइचारा र शान्तिको पक्षमा मत दिन अपिल गरे।

 

कार्यक्रमकी प्रमुख अतिथि नेपाली काँग्रेसकी सहमहामन्त्री डा.डिना सङ्ग्रौला पन्तले ऐतिहासिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनमा काँग्रेसको अग्रणी भूमिकाको स्मरण गराउँदै योग्य र सक्षम उम्मेदवारलाई भारी मतले विजयी बनाउन आग्रह गरिन।

 

युवाको उज्ज्वल भविष्य, महिला सशक्तीकरण र समृद्ध राष्ट्र निर्माणका लागि काँग्रेसको ‘रुख’ चुनाव चिन्हमा मतदान गर्न उहाँले भावनात्मक अपिल गरिन।

May be an image of dais and text that says 'कাটेম ने ग्रेस न.१ न.बका का र स्ड्रटा जम કार प्रसारर 13리만/ मार्त्री मारी'

त्यसैगरी, नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, प्रदेश सदस्य ताज अलि, , क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, वीरगञ्ज महानगरका सचिव शिवचन्द्र यादव युवा नेता रुस्तम शेख, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार, नेविसंघका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले उम्मेदवार रुङटा मैदानमा आएपछि निरन्तर अन्य पार्टीका नेता–कार्यकर्ता काँग्रेसमा प्रवेश गरिरहेको उल्लेख गर्दै संगठन झन् मजबुत बन्दै गएको दाबी गरे।

 

वक्ताहरूले वीरगञ्जमा देखिएको जलसंकट, विकास निर्माणमा देखिएको अनियमितता तथा भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै स्वच्छ, पारदर्शी र जनउत्तरदायी नेतृत्वको आवश्यकता औँल्याए। पर्सा क्षेत्र नं। १ को समग्र विकास र सुशासनका लागि अनिल रुङटालाई विजयी बनाउन सबैलाई आह्वान गरियो।

 

मुर्लीमा आयोजित यस बृहद् प्रवेश कार्यक्रमले पर्सा क्षेत्र नं। १ मा काँग्रेसप्रति विशेषगरी युवा र महिलाको आकर्षण तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ। स्थानीय जनसमर्थनको उभारसँगै निर्वाचन प्रतिस्पर्धा थप रोचक र रोमाञ्चक बन्दै गएको राजनीतिक वृत्तमा चर्चा छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.