logo

पर्सा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत् पार्टी प्रवेश, सैयौं कार्यकर्ता आवद्ध

 इसीमाना सम्वाददाता     २०८२ फागुन ५ गते ०४: ३३ मा प्रकाशित     299   पटक पढिएको

वीरगंज ।  पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत मंगलबार वडा नं. ३२ टेडामा रास्वपाको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

 

 कार्यक्रममा विभिन्न दल परित्याग गरी करिब ५ सय जना नेता तथा कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेको दाबी गरिएको छ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्त (बुद्धि पन्त) को नेतृत्वमा नवप्रवेशीहरूलाई खादा तथा टीका लगाएर स्वागत गरिएको थियो। आयोजकका अनुसार कार्यक्रममा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रमस्थलमा “अबकी बार बालेन सरकार”, “जय घण्टी” र “अबकी बार १५० पार” जस्ता नारा लगाइएको थियो। ‘घण्टी’ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न हो।

 

उम्मेदवार पन्तले सम्बोधनका क्रममा देशमा सुशासन, पारदर्शिता र विकासका लागि नयाँ राजनीतिक संस्कार आवश्यक रहेको बताए।

 

 पर्साबाट सुरु भएको परिवर्तनको अभियान देशव्यापी हुने विश्वास व्यक्त गर्दै उनले जनसमर्थनले आफूहरू उत्साहित भएको धारणा राखे।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.