logo

कान्तिपुर मिडिया ग्रुपलाई आरोप पुष्टि गर्न महासंघको चुनौती, आन्दोलनले बिजय प्राप्त गर्ने बिश्वास ब्यक्त

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २२ गते ०७: ४३ मा प्रकाशित     519   पटक पढिएको

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले कर्मचारी नियमावली र श्रमजीवी पत्रकार ऐन उल्लंगन गरी पत्रकार निकालेका कारण महासंघ त्यसका विरुद्ध उत्रिएको बताए ।

 


नेपाल पत्रकार महासंघमा बुधबार आयोजित आकस्मिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे अध्यक्ष पोख्रेलले भने, ‘कान्तिपुरले हिजो विज्ञप्तिमा के लेख्यो त्यसको पुष्टि गर्ने कुरा उसैको भयो तर कान्तिपुरले कानुन मान्नुपर्छ कि पर्दैन ? अरुका विषयमा प्रश्न उठाउनेले आफ्नो संस्थामा देखिएका श्रम समस्या हल गर्नुपर्छ कि पर्दैन ? हाम्रो प्रश्न यही हो ।

 

श्रमजीवी पत्रकार ऐन नेपालमा पत्रकार महासंघले गरेको ठुलो लडाइ पछि आएको कानुन हो । त्यसको कार्यान्वयन गर्नु सरोकारवालाहरुको दायित्व हुन्छ, त्यो कार्यान्वयन गर भनेर हामीले कान्तिपुरलाई भनेको हौं ।’


अध्यक्ष पोख्रेलले पटकपटक मौखिक लिखित रुपमा भन्दा सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताए । उनले आन्दोलन श्रम अधिकार, न्यायका र सत्यको आन्दोलन भएको भन्दै उत्तेजित नभइ न्याय प्रप्तिनहँुदासम्म जारी रहने बताए ।


उनले कान्तिपुर विरुद्ध जारी आन्दोलनका नागरिक समाज तथा संघसंस्थाको ऐक्यवद्धता रहेको भन्दै कान्तिपुरले आफ्नो विश्वासनीयता खस्किनेगरी लाञ्छना लगाउदै अघि बढे उसैलाई घाटा हुने समेत बताए ।

No description available.

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारलाई गैरकानुनी ढंगले निष्काशन गरेपछि महासंघको केन्द्रीय समितिको निर्णय अनुसार पटकपटक त्यसो नगर्न, कानुनको पालना गर्न आग्रह गर्दा नमानेका कारण श्रमजीवी पत्रकारको सेवासुविधा सहित अधिकार प्रप्तिका लागि आन्दोलन गर्न बाध्य भएको बताए ।


‘संविधानले व्यवस्था गरेको शान्तिपूर्ण ढंगले आफ्ना मागहरु राख्ने, जानकारी गराउन पाउने संवैधानिक हक प्रयोग गर्दाखेरी अत्यन्तै आपत्तिजन ढंगले विज्ञप्तिको हबला दिएर समाचार मार्फत पत्रकार महासंघको छविलाई धुमिल बनाउने, महासंघको लामो इतिहासलाई लाञ्छित गराउने र श्रम अधिकारको पक्षमा कृयाशिल संस्थालाई भ्रमित बनाउने , विषयान्तर गर्ने कान्तिपुर मिडिया ग्रुपको उदेश्य देखियो बरिष्ठ उपाध्यक्ष बिष्टले भने ‘हामी यो कुरालाई खण्डन गर्न चाहान्छौ । ’


उनले कान्तिपुर मिडिया ग्रुपले महासंघलाई लगाएको आरोप पुष्टि गर्न समेत चुनौती दिए ।

श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले कान्तिपुरले कानुन पालना गर्न बाध्यहुने स्थिति आन्दोलनले बनाउने बताए । उनले श्रमजीवी पत्रकार संघ, नेपाल अन्त्यसम्म महासंघसँगसँगै आन्दोलनमा रहने बताए ।


समाजबादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीले महासंघको जारी आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गरे ।


यस्तै, कान्तिपुर मिडिया ग्रुपले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार बारेमा प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी सहित महासंघका अन्य पदाधिकारीको टोलीले प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाललाई भेटेर उजुरी पत्र हस्तान्तरण गरेको हो ।

 

प्रमुख प्रशासकीय अधिकृत भुसालले महासंघलेनै पत्रकार आचारसंहिता उल्लङघन भएको भन्दै उजुरी दिनु गम्भीर विषय भएको भन्दै आजैदेखि छानबिन थाल्ने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.