logo

पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिए

 इसीमाना सम्वाददाता     २०७९ असोज २६ गते ०५: ०० मा प्रकाशित     493   पटक पढिएको

मंसीर ४ गते हुने निर्वाचनकालागि मनोनयन दर्ता गराएका पर्साका बिभिन्न निर्वाचन क्षेत्रका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन । उम्मेदवारी फिर्ता लिने समय भित्र उनीहरुले आफनो नाम उम्मेदवारी सूचीबाट फिर्ता लिएका हुन ।

पर्साका ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।


उम्मेदवारी फिर्ता लिनेहरूमा प्रतिनिधिसभा सदस्य तर्फ क्षेत्र नं १ मा शान्तिदेवि खड्का, सोही निर्वाचन क्षेत्रबाट हाम्रो नेपाली पार्टीबाट नन्दकिशोर श्रीवास्तव, पर्सा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र स्वतन्त्रबाट महोमद कलिम मन्सुरले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी प्रदेशसभा सदस्य तर्फ १ “ख” मा आलम देवन फकिर, ३ “क” मा स्वतन्त्रबाट मनोज प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका हुन् ।


पर्सामा संघ र प्रदेशसभामा गरेर १६७ जनाको उम्मेदवारी दर्ता भएको थियो जसमा प्रतिनिधि सभा सदस्य तर्फ १ सय १० जना र प्रदेशसभा सदस्य तर्फ ५७ जनाको उम्मेदवारी रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.