logo

प्रेस संगठन पर्साको औपचारिक घोषणा सभा सम्पन्न 

      12/19/2019 गते 00 00 मा प्रकाशित     1589   पटक पढिएको

वीरगन्ज, ३ पुस । नेकपा निकट प्रेस संगठन नेपाल पर्साको घोषणा सभा आज सम्पन्न भएको छ । संगठनका पर्सा संयोजक निरज पिठाकोटेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमजिवी पत्रकारको हकहितको लागि प्रेस संगठनले काम गर्नुपर्ने धारणा राखेका थिए ।

वक्ताहरुले देश बिकास र सकारको कमीकमजोरी बारे पनि सत्य, तथ्य र निष्पक्ष रुपमा पूर्वाग्रही नभई स्वतन्त्रपुर्वक कलम चलाउन आग्रह गर्दै संगठनमा लागेका पत्रकारहरुको क्षमता वृद्धि गर्न बिभिन्न तालिम गोष्ठीको आयोजना गर्न पनि सुझाव दिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं वीरगन्ज महानगरपालिका इन्चार्ज दिनेश राई पर्साका अध्यक्ष प्रभु हजरा, सचिव बिजय महतो,

नेपाल पत्रकार महासंघ प्रदेश २ का इन्चार्ज लालबाबु शेख, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, नेकपा महानगर कमिटिका अध्यक्ष रहब अंसारी, संगठनका पर्सा सल्लाहकार समितीका अध्यक्ष महेश दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा लगायतकाले धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल रिपोर्टस क्लबका पर्सा अध्यक्ष कन्हैया गुप्ता, पत्रकार हेमन्त तमाङ्ग, अकलेश साह, पुनम चौधरी लगायत पत्रकारहरु प्रेस संगठनमा प्रवेश गरेका थिए । अवसरमा नवनियुक्त प्रेस संगठनका पदाधिकारीहरुलाई फुृलमाला र खादा ओढाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य जगत राई, पुर्व सभापति सत्रुघन नेपाल, सल्लाहकार प्रताप श्रेष्ठ, महेश गौतम, तुलसी भण्डारी, आशिक अंसारी,

संघका पर्सा कोषाध्यक्ष भुषण यादव, पत्रकार लक्ष्मी खरेल, रश्मिराज भण्डारी, समिना रंजितकार, राम मण्डल, दिपेन्द्र कुमार साह, पुष्पराज तिमिल्सिना लगायतको सहभागिता रहेको थियो । संगठनका सह संयोजक अनुप तिवारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण संजिव मिश्राले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.