logo

प्रेस संगठन पर्साको समायोजन सकियो, पुुष ३ गते भेलाको आयोजना गर्ने

      12/14/2019 गते 00 00 मा प्रकाशित     1888   पटक पढिएको

वीरगन्ज, २८ मंसिर । प्रेस संगठन नेपाल पर्साको जिल्ला समितिको आज टुंगो लागेको छ । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको भातृसंगठन प्रेस संगठन नेपाल पर्साको कार्यसमितिको शनिबार टुंगो लागेको हो ।

प्रेस संगठन नेपाल प्रदेश नम्बर २ का इन्चार्ज लालबाबु शेषको अध्यक्षतामा बसेको संगठनको बैठकले संयोजक नीरज पिठाकोटे र सहसंयोजक अनुप तिवारी रहने गरी ४१ सदस्यि कमिटी गठन गरेको हो । नव गठित कमिटीको सदस्यहरुमा जितेन्द्र साह, संजिव मिश्र, पुष्प तिमिल्सिना, सफल खतिवडा, राकेश साह, जियालाल साह, आनन्द पटेल, मनोज पटेल, प्रमोद यादव, संतोष पटेल, राजेन्द्र सिंह नेपाली, लक्ष्मी खरेल,

निरञ्जन मिश्र, बिनोद परियार, रुस्तम अलि, ग्यासु मियाँ देवान, अजय चौरसिया, धनन्जय मिश्र, तिवारी यादव, बिकाश साह, धर्मेन्द्र चौरसिया, मुनेशलायो मगर, सुवास राम, सन्नी मण्डल, सुवास आले, कृष्ण मोहन साह, दिपेन्द्र कुमार साह, बिदुर गौतम, समिना रंजितकार, राम मण्डल, अजित भुजेल लगायत ३५ जना रहेका छन् ।

४१ सदस्यीय समितिको थप ६ जना सदस्यहरु पछि थप गर्ने निर्णय भएको छ । त्यसैगरी महेश दासको आध्यक्षतामा १५ सदस्यि सल्लाहकार समिती समेत गठन भएको छ । नवगठित कमिटीको सदस्यहरुमा शत्रुघन नेपाल, गोविबन्द देवकोटा, प्रताप श्रेष्ठ, किरणराज पाण्डे, महेशचन्द्र गौतम, दिपक गौतम, युवराज खडका, जगत राई, सुष्मा शर्मा, बिजय भण्डारी, आशिक अंसारी, रसना ढकाल लगायत रहेका छन् ।

बैठकमा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान, राघव साह, लेखा समिति सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बंजारा, नेकपा पर्सा जिल्ला संयोजक प्रभु हजरा, सचिव बिजय महतो थारु लगायतको सहभागिता रहेको थियो । बैठकले यहि पुस ३ गते संठनको भेलाको आयोजना गर्ने निर्णय समेत गरेको केन्द्रीय केन्द्रीय सदस्य राघव साहले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.