logo

राजपा नेपाल पर्साको पहिलो बैठक सम्पन्न  चौबीसें घण्टा जनताको साथमा रहन अध्यक्ष सिंहको निर्देशन 

      11/20/2019 गते 00 00 मा प्रकाशित     1456   पटक पढिएको

वीरगंज,  ४ मंसीर ।
जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा आज राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ ।

 

बैठकमा उपस्थित भएका जिल्ला पार्टीका अगुवा तथा भातृ संगठनका प्रमुखहरुलाई नेता सिंहले चौविसै घण्टा जनताको समस्यामा साथ रहन निर्देशन दिनुभएको छ । नेतृत्वमा बस्ने र माईन्युटमा नाम मात्रै लेखाएर हुँदैन तपाईँहरु जनताको माझमा जानुस, उहाँहरुको मसस्यामा सँगै उभीएर समाधान गराउनुस नेता सिंहले भन्नुभयो । 

 


    नेता सिंहले जिल्लाको बलियो नेतृत्व अभावलाई पुरा गर्नको लागि आफुले जिल्लाको नेतृत्व सम्हालेको बताउँदै अन्य पार्टी भन्दा फरक रुपमा प्रस्तुत हुने दावि गर्नुभयो । हामि अरु जस्तो गरी चलेर हुँदैन नयाँ नेतृत्वले नयाँ तरिकाले काम गर्छ तपाइँहरु पनि स्वच्छ छवि बनाएर त्यसको लागि तयार हुनुस नेता सिंहले भन्नुभयो । सिंहको नेतृत्वमा बसेको बैठकलाई पार्टिको गतिविधिलाई जनस्तरमा केन्द्रित गर्नका लागि पर्साको चारै क्षेत्र र महानगर पालिका लगायत सवै नगरपालिकामा समेत मंसीर महिना भित्र पार्टी कार्यालय खोल्ने निर्णय गरेको छ ।

 

जिल्ला अध्यक्ष राजेश मान सिंह अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षहरू मदन यादव , जटाशंकर गुप्ता , प्रदीप चौरसिया , सचिव उमेश लाल सहनी , सह(सचिव उमाशंकर प्रसाद सर्राफ , केन्द्रीय सदस्यहरू बाबुलाल यादव , शम्भु चौरसिया, महाबीर शर्मा , मिनु ठाकुर , परमानन्द चौधरी , बरकतुल नेसा , प्रतिमा जोशी , इन्दु सिंह , मुस्लिम बिभाग को केन्द्रीय संयोजक खैरूद्दी मियाँ , महानगर अध्यक्ष लियाकत अली , अजय साह , क्षेत्रीय अध्यक्षहरू अयुब मियाँ , बैजु स्वर्णकार , मनोज ठाकुर , अकलेश यादव  , जिल्ला नेताहरू रियाज मियाँ , सलाउद्दीन मंसूरी , जबार मंसूरी , चन्द्रिका सहनी , राहुल सर्राफ , नेताहरू बिष्णु पटेल , अफरोज आलम , संजीव यादव ,भुषाल चौरसिया ,  बिधार्थी नेताहरू मधुसूदन चौरसिया , सुमित चौरसिया , अमित यादव , महिला नेतृहरू संगीता दास , रेखा पासवान लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.