logo

५ दिन देखी पोखरिया नगरपालिकामा तालाबन्दी जनताकोकाम प्रभावित 

      3/9/2018 गते 00 00 मा प्रकाशित     1523   पटक पढिएको

बीरगंज २५ पोखरिया । 
पोखरीया नगरपालिकाको कार्यालयमा लगाईएको तालाबन्दी आज ५ औ दिन पनि बन्द रहेको छ । तालाबन्दीका कारण नागरिकको काम प्रभावित भएको छ । औषधीमुलो किन्ने र फलफूल खाने सामाजिक सुरक्षा भत्ता नपाएर जेष्ठ नागरिकहरु चिन्तामा परेका छन । 

 

युवा समाजको नाममा कार्यालयमा तालाबन्दी छ। उनीहरुका ७ वटा माग छन । आठ जना वडाध्यक्षहरुले जिल्ला प्रशासनमा उजुरी दिएका छन  त्यसमा मूलभूत रुपमा २ वटा माग छन । कर्मचारीको नियुक्ति र गाडी भाडामा लिने कुरा गैर कानूनी छ त्यसलाई खारेज गर्नु पर्ने माग त्यो उजुरीमा उल्लेख छ ।

 


    केही समय पहिला पोखरिया नगरपालिकामा वडाध्यक्षहरुले मोटरसाइकल र मोवाइल फोन सुविधा वापत पाउनु पर्ने माग गरेका थिए ।

 

नगरपालिकाले पैसा दिइहाल्छ भन्ने ठानेर केही मोटरसाइकल पनि किनी सकेका थिए तर नगरपालिकाले यो खाले सेवा उपलब्ध नगराएपछि वडाध्यक्षहरु रिसाएर उजुरी लेख्न पुगेको आरोप एक पक्षको छ । नगरपालिकामा मेयरको प्रतिपस्र्धामा उत्रिएका शंकर राउतले समेत मोटर साइकल र मोवाइल दिए समस्या हल हुने ठोकुवा गर्छन । 


    एक साता अगाडि पोखरियामा आगलागि भयो । नगरपालिकाले ८ महिना अगाडि किनेको दमकल पोखरिया इलाका प्रहरी कार्यालयको प्राङणमा थन्किएको छ ।

 

दमकल,आगो निभाउनमा प्रयोगमा आएन ,संचारमाध्यमले दमकल छ चालक छैन दमकल थन्कियो भन्दै समाचार लेखे  । नगरप्रमुखका बिरुद्ध नारा र जुलुस प्रर्दशन भयो । दमकल चलाउन नसकेको भन्दै प्रमुख बिरुद्ध जुलुस निकाल्नेहरु आज प्राविधिक कर्मचारीको नियुक्तिको बिरोधको आन्दोलनमा पनि छन ।

 

मेयर ,उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सहमतीमा दमकल संचालनकालागि प्राविधिक कर्मचारी नियुक्त गरिएको छ । उनीहरुले आफनो काम कानूनी प्रक्रिया भित्रै रहेकोे दावी गरेका छन । कर्मचारीको नियुक्ति गैरकानूनी छ भने त्यसलाई कानूनी रुपमा चुनौती दिन सक्नु पर्ने उनीहरुकोे भनाई छ ।

 

यो काम गैर कानूनी छ भने बोर्डबाट अस्वीकृत गरेपनि भो नी बिधि र प्रक्रिया भित्रबाटै निकास खोज्न सकिने प्रशस्त ठाउँ रहेको बिशलेषकहरुको  तर्क छ । उनले अहिले धेरै कुरा बताउने वतावरण नभएको भन्दै धेरै खुल्न समेत चाहेनन ।


पोखरिया नगरपालिकाको तालाबन्दी प्रकरणमा  त्यस क्षेत्रका सासद हरिनारायण रौनीयारको समेत चासो रहेकोले यो बिषय प्रतिष्ठाको बिषय समेत बनाइएको स्रोतको दावी छ । 


त्यस्तै युवा समाजको नाममा आन्दोलनमा उत्रिएका युवाहरुले आज कार्यालय अगाडि टायर बालेर प्रर्दशन गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.