logo

माओवादी पर्साका कारवाही प्रकरण, अर्याल र महतो साधारण सदस्य पनि रहेनन

      12/27/2017 गते 00 00 मा प्रकाशित     1769   पटक पढिएको

बीरगंज १२ पुष ।
 पर्सामा माओवादीको असन्तुष्ट पक्षले आज पत्रकार सम्मेलन गरेर पार्टी केन्द्रीय सचिवालय सदस्य उर्मिला अर्याल जिल्ला अध्यक्ष बिजय महतोलाई कारवाही गरेको घोषणा गरेको छ ।


उनीहरु दुबै जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरिएको आज बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनीक गरिएको हो ।

पार्टीका केन्द्रीय सल्लाहकार जालिम मिया र जिल्ला अध्यक्ष बाबुराम कौशीकले जारी गरेको बिज्ञप्तिमा स्थानीय तह र प्रतिनिधि तथाप्रदेश सभा निर्वाचनमा भएको पराजयको कारण महतो र अर्याल रहेको भन्दै कारवाही गरिएको उल्लेख छ ।  


यस अघि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उर्मिला अर्याललाई हराउन लागेको भन्दै जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ र पार्टी अध्यक्ष र अवैध रुपमा चन्दा असुल गरेर पार्टीको हित विपरीत कार्य गरेको भन्दै जिल्ला नेता बाबुराम कौशिकलाई पार्टीबाट निष्काशन गरिएको थियो  ।

उनीहरुलाई पार्टी सचिवालय सदस्य तथा पर्सा इन्चार्ज अर्याल पोलिट ब्यूरो सदस्य छोटेलाल यादव र जिल्ला अध्यक्ष महतोले कारवाही गरेका थिए ।


दुवैपक्षले निश्कासन गरेको दावी गरिरहेको अवस्थामा उनीहरु दुवै पक्षले गरेको कारवाहीमा वैधानिकताको प्रश्न खडा भएको छ । अर्यालय पक्षले कारवाही गरिएको भनिएका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ पार्टीको केन्द्रीय सल्लाहाकार समिति सदस्य समेत रहेकोले उनलाई जिल्ला कमिटिले कारवाही गर्नु विधान विपरित रहेको मिया पक्षको दावीछ ।

त्यस्तै यता जालिम मियाँ पक्षले गरेको कारवाहीमा पनि पार्टी केन्द्रीय सचिवालय सदस्य जिल्ला इन्चार्ज र संयोजकलाई जिल्ला कमिटीले कारवाही गर्न नसक्ने प्रष्ट छ ।

पर्सामा भएको लज्जास्पद हार ढाकछोप गर्नका लागि दुवैपक्षले एकअर्कालाई दोषारोपण गरेर कारवाही गरेको भन्दै पार्टीको कारवाहीबाट बच्ने बाटो खोजेको बुझिएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वले पनि पर्साको विवादलाई वेवास्ता गर्दै आएको छ । पार्टीमा उर्मिला अर्याल, जालिम मियाँ, बाबुराम कौशिक तीनैजना प्रचण्ड पक्षकै नेताहरु मानिन्छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.