logo

राजधानीको नाममा ठुला दलका भातृसंगठन नाटक गर्दैछन नेता कर्ण

      12/21/2017 गते 00 00 मा प्रकाशित     2010   पटक पढिएको

बीरगंज, ७ पौष
प्रेस मञ्च नेपाल पर्सा शाखाले एक कार्यक्रमका बीच नवनिर्वाचित सांसद एवं विधायकहरुलाई शुक्रवार सम्मान गरेको छ । पत्रकार महासंघ पर्सा शाखाको ज्योति हलमा आयोजित स्वागत एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपालका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले प्रदेस नं . २ को राजधानी नामांकरण सम्बन्धमा काँग्रेस, एमाले र माओवादीले पुनः मधेसी जनताहरु बीच झगडा लगाउने कार्य गरि रहेको आरोप लगाएका थिए ।

 

संविधान पनि यिनै तीन दलले जारी गरे, संघीयताको संरचना आफ्नै मनले बनाए आज प्रदेशिक राजधानी बीरगंज हुनु पर्छ भन्ने तीनकै भातृ संगठनले आन्दोलनको नाममा नाटक गरिरहेको उनको भनाई छ । 


फोरम नेपालका केन्द्रिय सदस्य एवं सांसद हरिनारायण रौनियारले संचारकर्मीहरुको कुनै दलमाथि आस्था र विचार हुन सक्छ तर पत्रकार भई सकेपछि सत्य र निश्पक्ष सामाचार लेख्नुपर्ने धारणा व्यक्त गर्दै अरुको उक्साहटमा वा व्यक्तिलाई खुुशी पार्ने गरि कसैको चरित्र हत्या नगर्न सुझाव दिएका थिए । 


पकहामैनपुर गाउपालिकाका प्रमुख विजय चौरसियाले मधेसी पत्रकारहरुको विकास एव संरक्षण नभएसम्म मधेसी नेताहरुको विकास नहुने धारणा राख्दै समृद्ध मधेस निर्माणका लागि कलम चलाउने मधेसी पत्रकारलाई प्रोत्साहन गर्न आवश्यकता रहेको बताए । 


राजपा फोरम गठबन्धन पर्सा बाट निर्वाचित सांसद एवं राजपा सहअध्यक्ष लक्ष्मणलाल कर्ण, फोरम नेपालका केन्द्रिय सदस्य एव सांसद हरिनारायण रौनियार, फोरम पर्साका उपाध्यक्ष एवं विधायक, मन्जुर अन्सारी, युवा नेता एवं विधायक जन्नत अन्सारी, पकहा मैनपुर गाउपालिकाका प्रमुख विजय चौरसियालाई प्रेस मन्च नेपालका केन्द्रिय अध्यक्ष सतोष पटेल, शाखा अध्यक्ष विजय ठाकुर, सचिव दिपक चौरसियाले दोसल्ला, फुल माला र टिकाबाट सम्मान एवं स्वागत गरेका थिए । 


कार्यक्रममा राजपाका महासचिव शिव पटेल, सहमहासचिव नेजामुदिन समानी, केन्द्रिय सदस्य रम्भा मिश्रा, पर्सा जिल्ला संयोजक प्रेम बाबु पटेल, अध्यक्ष मण्डलका सदस्य विरेन्द्र यादव, विरगंज महानगर उपाध्यक्ष सुरेश साह कानु लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.