logo

बीरगंजलाई राजधानी बनाउन सरकारसंग पर्सा कांग्रेसको मांग

      12/15/2017 गते 00 00 मा प्रकाशित     1654   पटक पढिएको

बीरगंज २९ मंसिर ।
नेपाली कांग्रेस पर्साले प्रदेश नं २ को राजधानी बीरगंजलाई बनाउन नेपाल सरकारसंग माग गरेको छ । नेपाली कांग्रेस पर्साको आज बसेको बैठकले प्रादेशीक सरकारसंग पनि बीरगंजलाई राजधानी बनाउन माग गरेको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले बताए । 


    पूर्वाधार बिकास र अन्य स्रोतका कारण पनि बीरगंज राजधानी बन्न लायक भएकोले कांग्रेसले आफनो दृष्टिकोण सार्वजनीक गरेको पटेलको भनाई छ । बैठकले भर्खर सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागि भएका जनता ,पार्टीको रुख चिन्हमा मतदान गर्ने मतदाता र निर्वाचनमा सहभागि सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

 

बैठकले अनपेक्षीत रुपमा पार्टीले ब्यहोर्नु परेको हारको बिषयमा पनि समिक्षा गरेको छ । समिक्षाको क्रमलाई निरन्तरता दिदै सिगो कार्यकर्ता पंक्तिलाई पार्टीको हित र लोकतन्त्रको पक्षमा अझ बढी क्रियाशिल हुन अपिल गरेको छ । 


    निर्वाचनको क्रममा पार्टीको उम्मेदवारबिरुद्ध घात गर्नेहरुलाई कारवाहीको दायरमा ल्याउन पार्टी नेतृत्व एकमत भएको छ । १० दिन भित्र पार्टीको बिपक्षमा लागेर अन्तरघात गर्नेहरुको बिषयमा वडा समिति देखी क्षेत्रीय समितिले सिफारिश गर्ने वा उम्मेदवारको सिफारिश गर्न पाउने गरि अधिकार प्रत्यायोजन गरेको छ ।

 

त्यही सिफारिशको आधारमा त्यसपछि बस्ने बैठकले अन्तरघात गर्नेहरुको बिषयमा छानविन गरि कारवाही गर्ने नेपाली कांग्रेस पर्साले तय गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.