logo

बीरगंजलाई राजधानी बनाउन सरकारसंग पर्सा कांग्रेसको मांग

      12/15/2017 गते 00 00 मा प्रकाशित     1841   पटक पढिएको

बीरगंज २९ मंसिर ।
नेपाली कांग्रेस पर्साले प्रदेश नं २ को राजधानी बीरगंजलाई बनाउन नेपाल सरकारसंग माग गरेको छ । नेपाली कांग्रेस पर्साको आज बसेको बैठकले प्रादेशीक सरकारसंग पनि बीरगंजलाई राजधानी बनाउन माग गरेको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले बताए । 


    पूर्वाधार बिकास र अन्य स्रोतका कारण पनि बीरगंज राजधानी बन्न लायक भएकोले कांग्रेसले आफनो दृष्टिकोण सार्वजनीक गरेको पटेलको भनाई छ । बैठकले भर्खर सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागि भएका जनता ,पार्टीको रुख चिन्हमा मतदान गर्ने मतदाता र निर्वाचनमा सहभागि सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

 

बैठकले अनपेक्षीत रुपमा पार्टीले ब्यहोर्नु परेको हारको बिषयमा पनि समिक्षा गरेको छ । समिक्षाको क्रमलाई निरन्तरता दिदै सिगो कार्यकर्ता पंक्तिलाई पार्टीको हित र लोकतन्त्रको पक्षमा अझ बढी क्रियाशिल हुन अपिल गरेको छ । 


    निर्वाचनको क्रममा पार्टीको उम्मेदवारबिरुद्ध घात गर्नेहरुलाई कारवाहीको दायरमा ल्याउन पार्टी नेतृत्व एकमत भएको छ । १० दिन भित्र पार्टीको बिपक्षमा लागेर अन्तरघात गर्नेहरुको बिषयमा वडा समिति देखी क्षेत्रीय समितिले सिफारिश गर्ने वा उम्मेदवारको सिफारिश गर्न पाउने गरि अधिकार प्रत्यायोजन गरेको छ ।

 

त्यही सिफारिशको आधारमा त्यसपछि बस्ने बैठकले अन्तरघात गर्नेहरुको बिषयमा छानविन गरि कारवाही गर्ने नेपाली कांग्रेस पर्साले तय गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.