logo

पर्सामा फोरम–राजपा गठबन्धनको बर्चस्व, प्रदेशसभामा २ क्षेत्रले कांग्रेसको इज्जत जोगायो

      12/11/2017 गते 00 00 मा प्रकाशित     1407   पटक पढिएको

वीरगन्ज, २५ मंसिर । पर्साको प्रतिनिधिसभा निर्वाचनको चारवटै क्षेत्र संघीय समाजवादी फोरम र राजपा गठबन्धनले जितेको छ ।

प्रतिनिधिसभाको चार र प्रदेशसभाको ८ वटा क्षेत्र रहेको पर्सा क्षेत्र नम्बर– १, २ र ३ मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार र ४ मा राजपा नेपालका उम्मेदवार विजयी भएका हुन् ।

२०६४ भन्दा अघिको निर्वाचनमा कांग्रेस पकड रहेको पर्सामा ०६४ को संविधानसभा निर्वाचनमा १ मा मधेसी जनअधिकार फोरमकी करिमा वेगमले जितेकी थिइन् । २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा १ र ३ मा कांग्रेस र २, ४, ५ नम्बर क्षेत्रमा एमालेले कब्जा गरेको थियो ।

चारवटा निर्वाचन क्षेत्र बनाईएको पर्सामा यसपटक चारवटै क्षेत्र फोरम राजपाले हत्याएको छ । पर्सा क्षेत्र नं १, २ र ३ मा फोरम नेपाल र पर्सा क्षेत्र नं ४ मा राजपा नेपालका उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा फोरम नेपाल राजपा गठबन्धनका उम्मेदवार एंव फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव २१ हजार १ सय ३२ मत प्राप्त गरि बिजयी भएका छन् । उनले आफना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनिल रुंगटालाई ४ हजार ६ सय ५१ मत अन्तरले पराजित गरेका हुन् । रुंगटाले १६ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।

यसैगरि तेस्रो स्थानमा रहेका बाम गठबन्धनका उम्मेदवार एमालेका बिचारी यादवले ५ हजार ४ सय ८१ मत मात्र ल्याएकका छन् । त्यस्तै क्षेत्र नम्बर–२ मा फोरम नेपालका विमल श्रीवास्तव विजयी भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी अजय चौरसिया भन्दा १ हजार ४ सय ६५ मत बढी ल्याएर विजयी भएका हुन् । फोरम नेपालका श्रीवास्तवले २० हजार १ सय ६९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका अजय कुमार चौरसियाले १९ हजार सातसय ४ मत प्राप्त गरे ।

यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट गरि चार पटकसम्म वीरगञ्जको मेयर भईसकेका छन् । स्थानीय तहको निर्वाचनमा राजपाबाट मेयरको टिकट नपाएपछि विजय गच्छादारको लोकतान्त्रिक फोरमबाट मेयरमा लडेका थिए ।

उनी अहिले आफैले जितेको पार्टी संघीय समाजवादी फोरम नेपालका विजय सरावगीसँग मेयरमा पराजित भएका थिए । पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा फोरम नेपालकै हरि नारायण रौनियार विजयी भएका छन् ।


उनले निकटतम प्रतिद्वन्दी भन्दा १ हजार ३ सय ६५ मत बढी ल्याएका छन् । रौनियारले १५ हजार १ सय ६६ मत प्राप्त गर्दा निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका निवर्तमान संसद समेत रहेका सुरेन्द्र चौधरीले १३ हजार ८ सय १ मत ल्याए ।

त्यस्तै निवर्तमान सांसद नै रहेका उम्मेदवार नेकपा एमालेका नेता राजकुमार गुप्ताले १० हजार नौसय ८६ मत पाए । नेपालको क वर्गको निर्माण व्यवसायी रौनियार दुईजना निवर्तमान संसदलाई पराजित गर्दै प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन् ।

पर्साको क्षेत्र नम्बर–४ प्रतिनिधिसभा तर्फ राजपा नेपालका लक्ष्मणलाल कर्ण विजयी भएका छन् । कर्णले निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रभावशाली नेता उम्मेदवार रमेश रिजाल भन्दा ६ हजार ३६ मत बढी ल्याएर विजयी भएका हुन् ।

नेता कर्णले २० हजार ७ सय ३८ मत ल्याँउदा नेपाली नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक समेत रहेका रिजालले १४ हजार ७ सय मत ल्याए । क्षेत्र नम्बर ४ मा बामगठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत पाइन् ।

पूर्वमन्त्री समेत रहेकी माओवादी नेतृ अर्याललाई आफ्नै पार्टीका कार्यकर्ताले सहयोग नगर्दा पराजित भएकी हुन् । त्यस्तै प्रदेशसभा निर्वाचनमा फोरम राजपा र नेपाली कांग्रेसले जितेको छ । प्रदेशसभामा पनि दुईवटा क्षेत्र नेपाली कांग्रेसले जितेको छ ।

क्षेत्र नम्बर ३ को प्रदेशसभा ख मा पनि फोरम राजपा गठबन्धनका उम्मेदवार प्रल्हाद गिरी विजयी भएका छन्  । गिरीले ९५ मतले नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्रलाई पराजित गरेका हुन् । गिरीको ६३४५ र क्षेत्रीको ६२५० मत आएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.