logo

आर्थिक हिसाव सार्वजनीक गर्ने बिचारीका कारण अरुको टाउको दुख्यो

      11/29/2017 गते 00 00 मा प्रकाशित     2281   पटक पढिएको


बीरगंज १३ मंसिर । पर्सा जिल्लामा मुख्य प्रतिस्प्रर्धा बाम गठबन्धन र नेपाली कांग्रेस र मधेशी गठबन्धनका  उम्मेदवार बीच हुने देखिन्छ । २०७० सालको संविधान सभा निर्वाचन ५ वटा निर्वाचन क्षेत्र रहेकोमा ३ वटामा एमाले र २ वटामा नेपाली कांग्रेस बिजयी भएको थियो । २ वटामा नेपाली कांग्रेस बिजयी भएको थियो ।  २०७४ सालको स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा संघीय समाजवादी फोरम नेपाल नेपाली कांग्रेस र वामगठबन्धनको त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था देखिन्छ । 
 

वामगठबन्धनको मत संख्यामा पनि कमजोर छैन त्यो भन्दा बढी बाम गठबन्धनका उम्मेदवारहरु अन्य दलको उम्मेदवारको तुलनामा राजनीतिक रुपमा स्थापित र शक्तिशाली रहेकोले पनि बाम गठबन्धनको जीत सहज रहेको राजनीतिक विश्लेषकहरुको भनाई छ ।
 

बाम गठबन्धन इतरका उम्मेदवारमा नेपाली कांग्रेसले उधोगपती अनिल रुङटालाई अगाडि सारेको छ भने संघीय समाजवादी फोरम नेपालको तर्फबाट जिल्ला अध्यक्ष प्रदीप यादव चुनावी मैदानमा उत्रेका छन । तर उनलाई पनि ब्यवसायीकै रुपमा हेर्ने गरिएको छ । मधेश आन्दोलनका बेलामा तेलको ब्यापार गराएको ,प्रशासनसंग मिलेर आन्दोलन गरेको आदि इत्यादी आरोप उनीमाथि छन ।
 

नेकपा एमालेका उम्मेदवार बिचारी यादव  २०७० सालको संविधानसभा निर्वाचनमा बिजयी भएका थिए । ३ वर्ष ९ महिना सांसद रहदा उनले गरेका कामहरुको स्वेतपत्र नै जारी गरेका छन । उनी वाहेक पर्सामा रहेका अन्य १७ सभा सासदले आफूले खर्च गरेको रकमको फेहरिस्त सार्वजनीक गर्न सकेका छैनन । यस अर्थमा जनताप्रति जवाफदेह र इमान्दार नेताको रुपमा बिचारी यादवको पहिचान बनेको छ ।
 

मधेश केन्द्रीत दलका पनि सासद पर्सा जिल्लामा थुप्रै छन । तिनले पनि आफनो फेहरिस्त सार्वजनीक गर्न सकेका छैनन । जनताको परिमर्कामा सहभागी हुने खोजेको बेलामा सहज रुपमा उपलब्ध हुने नेताको पहिचान भएका बिचारीलाई यस पटक पनि जनताले “बिचार ”गर्ने अवस्था निर्माण भएको छ । 
 

सोझो लप्पन छप्पन नजानेको जनताको हित भन्दा बाहीर आफनो कुनै स्वार्थ नरहेको कुनै दाग नलागेको नेताको रुपमा स्थापित यादवको लोकप्रियता चुलीदो छ । उनीसंगै प्रदेश सभामा “क”का उम्मेदवार रहवर अन्सारी पनि जनताप्रति जवाफदेह रहेका छन । उनी आम मतदातालाई निर्वाचनको बिकृतिको बिरुद्ध मतदान गर्न अपिल गरिरहेका छन ।
 

आजको युवापुस्ताकावीचमा लोकप्रिय र स्थापित रहवर अन्सारी र यादवको जोडी जनताले निकै मन पराएका छन । 

प्रदेश सभा “ख”मा नेकपा एमालेका उम्मेदवार शम्भू गुप्ता सामाजिक जीवनमा निकै क्रियाशिल छन । लामो प्रशासनीक अनुभव भएका गुप्ता यादवकोलागि चुनावको दंगलमा अर्को निष्कलंक छवीका बलिया पिल्लर हुन ।
 

गुप्तासंगै प्रदेश सभाको प्रतिस्पर्धामा उत्रेका कुनैबेलाका उनका सहकर्मी फोरम नेपालका उपाध्यक्ष समेत रहेका लालबाबु राउत गद्धी यो भन्दा पहिला सम्बिधान सभामा सदस्य थिए । सम्बिधान बनाउने बेलामा आन्दोलनमा हिडेका राउत अहिले आफनो नभनिएको त्यही सम्बिधान अन्र्तगत चुनाव लडदै छन । उनले हिजो यस्तो किन गरियो र के पाइयो भन्ने प्रश्नको जवाफ दिनु परेको छ ।
 

सासद रहदा उनले जनताको निम्ती के गरे भन्ने प्रश्नले पनि उनलाई पिछा छोडेको छैन । पर्साको अहिलेको ४ न क्षेत्रमा आफनो संसदीय बिकास कोषको रकम खर्च गरेका राउतलाई प्रदेश सभा “ख”का जनताले के बिकास गर्नु भनेर सोध्दा उनी नाजवाफ हुने गरेका छन । जसले गर्दा प्रदेश सभामा गुप्ताको निष्कलंक छवीले जनताको मनलाई आकर्षित गरेको छ ।
 

राउतलाई मधेश आन्दोलनका एक जना निकै जुझारु युवा ओमप्रकाश सर्राफको उम्मेदवारीले आच्छु आच्छु पारेको छ । त्यसको फाइदा गुप्तालाई हुने देखिन्छ । प्रदेश सभा “ख” कुनै दाग नलागेका नेता गुप्ता मात्र भएको युवा नेता प्रभावकर गुप्ताको भनाई छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.