logo

‘वीरगन्जको सडकभरी राता मान्छेहरु’ 

      11/28/2017 गते 00 00 मा प्रकाशित     2408   पटक पढिएको

वीरगन्ज, १२ मंसिर । वीरगन्जमा मंगलबार सुर्य चिन्ह र हसिँया हथौडा अंकित राता झण्डाहरुले फहराएको छ । हजारौं राता मान्छेहरु झण्डा लिएर सडकमा उत्रिएका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दलहरु चुनावी मैदानमा रहँदा बामगठबन्धनका उम्मेदवारहरुले पनि वीरगन्जको सडकमा लालझण्डा फहराए र शक्ति प्रदर्शन गरेका छन् ।

कांग्रेस आफ्नो साम्राज्य ठान्ने पर्सा जिल्लामा पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर १ मा मधेसी जनअधिकार फोरम नेपाल र क्षेत्र नम्बर ४ मा नेकपा एमाले विजयी भएको थियो ।  बाँकी ३ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले नै जितेको थियो ।

दोश्रो संविधानसभाको निर्वाचनमा पाँचवटा क्षेत्र मध्य तीनवटा क्षेत्र नेकपा एमालेले कब्जा ग¥यो । त्यतिखेरदेखि नै कम्युनिष्टले पकड जमाएको पर्सामा पछिल्लो समयमा नेकपा माओवादी र एमालेको गठबन्धनले कम्युनिष्ट एकतालाई थप मजबुद बनाएको छ ।

दुवै पार्टीका कार्यकर्ताहरु पनि उत्साहित भएका छन् । यसले बामगठबन्धनलाई थप बल पुगेको छ । यसपटक बामगठबन्धनको जित सुनिश्चित हुने आनुमान गर्न थालिएको छ । मंगलबार वीरगन्जको सडकमा देखिएका राता मान्छेहरुको ठूलो जनलहरले पनि अब बामगठबन्धनको जित सुनिश्चित भएको संकेत गरेको छ ।

साम्राज्यवाद र विस्तारवादको संरक्षणमा देशभित्रै विखण्डनवादी तत्वहरुबाट भएको विरोधको सामना गर्नुपरेको कम्युनिष्टका राता मान्छे जब सडकमा लालझण्डा लिएर उत्रिए वीरगन्जको सडक राताम्य भएको थियो । सडकमा राता मान्छेहरुको लस्करले मतदाताहरुलाई पनि बामगठबन्धन भन्दा विकल्प अरु हुन सक्दैन भन्ने मानसिकतामा पारेको छ ।

राजनीतिक संस्कार, विचार र सिद्धान्तमा लागेका राता मान्छेहरुको वीरगन्ज सहरमा सयौंको लहरले कुनै विपक्षीलाई न त गाली गरेको थियो न त विरोध नै ! सोमबार मात्रै वीरगन्जको माईस्थानमा रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले देखाएको अराजकत र असभ्य व्यवहारले आजित वीरगन्जवासीलाई मंगलबार वीरगन्जको सडकमा देखिएको राता मान्छेहरुको जनलहरले निकै हौस्याएको छ ।

उनीहरुलाई पनि लागिरहेको छ । राजनीतिको नाममा हुने हैकमवाद र दादागिरीलाई अब विस्तारै स्खलित हुदै गएको छ । सधैं धाक, धम्की र डर त्रासबाट आतंकित वीरगन्जवासीहरुले पनि अब यस्ता उछृंखल गतिविधि नियन्त्रणका लागि विकल्प खोजिरहेका छन् ।

पञ्चायतकाल, बहुदलीय प्रजातन्त्र, सशस्त्र जनयुद्धको समयमा जति दुःख पीडा भोगेका थिए त्यो भन्दा बढी पीडा सशस्त्र भूमिगत समूह र मधेस आन्दोलनको नाममा भएको पटक पटको आन्दोलनले मधेसी जनता पीडित बनेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिसिभा सदस्य उम्मेदवार विचारी यादव, क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महम्मद सलिम मन्सुर त्यस्तै क्षेत्र नम्बर १ का प्रदेशसभा ख का उम्मेदवार शम्भु गुप्ता लगायतका उम्मेदवाहरुले नेतृत्व गरेको मार्चपास नेकपा एमालेका पर्सा संयोजक प्रभु हजारा, नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य बाबुराम कौशिक लगायतका बामगठबन्धनका नेताहरुको नेतृत्वमा ¥याली निकालिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.