logo

कांग्रेस विधिको शासनमा चल्ने पार्टी हो- उम्मेदवार रुंगटा 

      11/25/2017 गते 00 00 मा प्रकाशित     1464   पटक पढिएको


वीरगन्ज, ९ मंसिर । नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटाले नेपाली कांग्रेस विधिको शासनमा चल्ने पार्टी भएको बताएका छन् । बीरगंजको बिभिन्न स्थानबाट नेपाली कांग्रेसको झण्डा हटाएकोमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

शनिबार वीरगन्जको मूर्लीमा रहेको पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार रुंगटाले अस्वस्थ प्रतिस्पर्धाको निर्वाचन आपूmहरुलाई सह्य नहुने भन्दै हतास मानसिकताले कांग्रेसको झण्डा हटाउनेहरुकै कारण लोकतन्त्र खतरामा रहेको बताए । उनले जनताले दिएको जनादेशलाई मान्न तयार रहेको भन्दै स्वस्थ प्रतिस्पर्धामा निर्वाचन लड्न विपक्षी उम्मेदवारहरुलाई अपिल गरे ।

शुक्रबार राति फोरम नेपालका कार्यकर्ताहरुले मूर्ली चोकमा नेपाली कांग्रेसको झण्डा हटाएर फोरम नेपालको झण्डा लगाएको भेटेपछि फोरम नेपालको कार्यशैलीको विरोध गर्दै झण्डा हटाएकोमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको हो । प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले कांग्रेसको झण्डा हटाएको किटानी सहित उजुरी गर्दा समेत निर्वाचन आयोग र स्थानीय प्रशासनले कारवाही गर्न चासो नदेखाएकोमा पनि आपत्ति जनाए ।

उनले कांग्रेसको झण्डा हटाउँदा कांग्रेस समर्थकहरु आक्रोशित भएपनि विधिको शासनमा चल्ने पार्टी भएकोले कार्यकर्ताहरुलाई संयमित बनाएको भन्दै कांग्रेसको संयमता र सहनशीलतालाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन् । प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क का उम्मेदवार विजय सर्राफले आफ्नो आँखा अगाडि नै फोरमका कार्यकर्ताले कांग्रेसको झण्डा निकालेको बताए ।

कांग्रेसको झण्डा निकालेर फोरमको झण्डा राखेको देखेपछि त्यस विषयमा प्रहरीलाई जानकारी गराएपनि कुनै किसिमको कारवाही नगरिएको प्रति रोष प्रकट गरे ।

झण्डा निकालेको प्रति आक्रोशित हुदै एक कार्यकर्ताले भने, “अहिले झण्डा चोर्दैछ, चुनाव जितेपछि झन मान्छे नै अपहरण गर्ला १” ‘चुनाव अघि नै यस्तो प्रवृत्ति देखाउनले चुनाव जितेपछि के गर्ला त्यो सबै जनताले बुझेका छन्’, उनले थपे ।  

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, क्षेत्रीय सभापित अरविन्द गुप्ता, तरुण दलका सभापति विरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.