logo

हामी नाकाबन्द गर्न सीमामा हुन्थ्यौ कोही तेल तस्करीको साम्राज्य चलाइरहेका हुन्थे -युवा नेता अन्सारी 

      11/25/2017 गते 00 00 मा प्रकाशित     2436   पटक पढिएको


बीरगंज ९ मंसिर । नेकपा एमालेका युवा नेता महमुद अन्सारीले आफूबिरुद्ध षडयन्त्र गरिएको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन । तिम्रो फेरि याद आयो  नामबाट हयण्डील गरिएको फेसबुक पेजले अन्सारी बिरुद्ध षडयन्त्र गरेको उनले बताए ।

सामाजिक संजालमा आज मंसिर ९ गते महमुद अन्सारी ५ लाख लिएर एमालेमा गएका थिए तर पनि छोडेर फोरम नेपालमा प्रवेश भनेर लेखिएको छ । यो पोष्टसंगै अन्सारी र सुन्दर कुर्मीको फोटो समेत पोष्ट गरिएको छ ।

छदमनाममा अप्रेशन गरिएको फेसबुक पेजले संघीय समाजवादी फोरम नेपालको पक्षमा प्रोपगाण्डा गर्दै आएको देखिन्छ । तर युवा नेता अन्सारीले भने आफू एमालेमै रहको र भ्रम सृजना गर्नकालागि गरिएका त्यस्ता पोष्टको प्रभावमा नपर्न आग्रह गरेका छन । उनले आफू संघीय युवा फोरम पर्साको अध्यक्ष भइसकेको ब्यक्ति त्याहा भित्र रहेको गलत संस्कार र ब्यवहार पचाउन नसकेर परित्याग गरेकोले फेरी त्यही फर्किने कुरा सहि र सत्य नभएको प्रष्ट पारे । 

राजनीतिमा बेइमानी लामो समय टिक्दैन उनले भने म आज पनि आम मतदातासंग सवाल गर्छु राजनीतिमा पिन्की यादवको योगदान के थियो कोही छ जवाफ दिनेवाला ?आन्दोलनका बेला सत्ताको दमन बिरुद्ध टायर बाल्न खोज्दा अवरोध सृजना गर्नेहरुले आज फोरमबाट टिकट पाएका छन त्यही हो मूल्याकंन  ? ।

सम्बिधान संशोधन गर्ने झूठा आश्वासन दिदै छन सम्बिधान संशोधन गर्न प्रतिनिधि सभा र प्रदेश सभामा कति सदस्य  चाहिन्छ उनीहरुलाई ज्ञात छ ? हामी नाकामा बन्द गरेर बसेका हुथ्यौ केही भने तेलको तस्करीको साम्राज्य चलाएर धन आर्जन गर्दै थिए के यो कुरा कसैसंग लुकेको छ अन्सारी प्रतिप्रश्न गर्छन एक टंयाकी तेल बोकेर हिडने मधेशी युवालाई कुटी कुटी हत्या गरिएको छ के जनताले बिर्सिएका छन ? ।

त्यसैले मेरो निष्ठा बिरुद्ध फेसबुकमा लेख्नेहरुले क्षणीक भ्रम सृजना गर्न सक्छन । त्यसले मलाई कमजोर होइन मजवुत बनाउदै लगेको छ अन्सारी भन्छन त्यसले मेरो हौसला अरु बुलन्द गरेको छ । 

इसीमानासंग कुरा गर्दै उनले भने न्यायप्रेमी युवाहरु परिर्वतन युवाको काँधमा छ । त्यसैले युवाको यो उर्जा राजनीतिका नाममा अपराधलाई संरक्षण गर्नेलाई होइन लोककल्याणकारी राज्यका निम्तिवामगठबन्धनको पक्षमा खर्चिन समेत आग्रह गरेका छन ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.