logo

हामी नाकाबन्द गर्न सीमामा हुन्थ्यौ कोही तेल तस्करीको साम्राज्य चलाइरहेका हुन्थे -युवा नेता अन्सारी 

      11/25/2017 गते 00 00 मा प्रकाशित     2669   पटक पढिएको


बीरगंज ९ मंसिर । नेकपा एमालेका युवा नेता महमुद अन्सारीले आफूबिरुद्ध षडयन्त्र गरिएको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन । तिम्रो फेरि याद आयो  नामबाट हयण्डील गरिएको फेसबुक पेजले अन्सारी बिरुद्ध षडयन्त्र गरेको उनले बताए ।

सामाजिक संजालमा आज मंसिर ९ गते महमुद अन्सारी ५ लाख लिएर एमालेमा गएका थिए तर पनि छोडेर फोरम नेपालमा प्रवेश भनेर लेखिएको छ । यो पोष्टसंगै अन्सारी र सुन्दर कुर्मीको फोटो समेत पोष्ट गरिएको छ ।

छदमनाममा अप्रेशन गरिएको फेसबुक पेजले संघीय समाजवादी फोरम नेपालको पक्षमा प्रोपगाण्डा गर्दै आएको देखिन्छ । तर युवा नेता अन्सारीले भने आफू एमालेमै रहको र भ्रम सृजना गर्नकालागि गरिएका त्यस्ता पोष्टको प्रभावमा नपर्न आग्रह गरेका छन । उनले आफू संघीय युवा फोरम पर्साको अध्यक्ष भइसकेको ब्यक्ति त्याहा भित्र रहेको गलत संस्कार र ब्यवहार पचाउन नसकेर परित्याग गरेकोले फेरी त्यही फर्किने कुरा सहि र सत्य नभएको प्रष्ट पारे । 

राजनीतिमा बेइमानी लामो समय टिक्दैन उनले भने म आज पनि आम मतदातासंग सवाल गर्छु राजनीतिमा पिन्की यादवको योगदान के थियो कोही छ जवाफ दिनेवाला ?आन्दोलनका बेला सत्ताको दमन बिरुद्ध टायर बाल्न खोज्दा अवरोध सृजना गर्नेहरुले आज फोरमबाट टिकट पाएका छन त्यही हो मूल्याकंन  ? ।

सम्बिधान संशोधन गर्ने झूठा आश्वासन दिदै छन सम्बिधान संशोधन गर्न प्रतिनिधि सभा र प्रदेश सभामा कति सदस्य  चाहिन्छ उनीहरुलाई ज्ञात छ ? हामी नाकामा बन्द गरेर बसेका हुथ्यौ केही भने तेलको तस्करीको साम्राज्य चलाएर धन आर्जन गर्दै थिए के यो कुरा कसैसंग लुकेको छ अन्सारी प्रतिप्रश्न गर्छन एक टंयाकी तेल बोकेर हिडने मधेशी युवालाई कुटी कुटी हत्या गरिएको छ के जनताले बिर्सिएका छन ? ।

त्यसैले मेरो निष्ठा बिरुद्ध फेसबुकमा लेख्नेहरुले क्षणीक भ्रम सृजना गर्न सक्छन । त्यसले मलाई कमजोर होइन मजवुत बनाउदै लगेको छ अन्सारी भन्छन त्यसले मेरो हौसला अरु बुलन्द गरेको छ । 

इसीमानासंग कुरा गर्दै उनले भने न्यायप्रेमी युवाहरु परिर्वतन युवाको काँधमा छ । त्यसैले युवाको यो उर्जा राजनीतिका नाममा अपराधलाई संरक्षण गर्नेलाई होइन लोककल्याणकारी राज्यका निम्तिवामगठबन्धनको पक्षमा खर्चिन समेत आग्रह गरेका छन ।  
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.