logo

जनताको मनमा वामगठबन्धन बसेको छ- बिचारी यादव

      11/25/2017 गते 00 00 मा प्रकाशित     1669   पटक पढिएको

बीरगंज ९ मंसीर ÷ नेकपा एमालेका नेता पर्साको चुनाव क्षेत्र नं १ का  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिचारी यादवले जनताको मनमा एमाले बसेको बताए । उनले जेष्ठ नागरिकलाई भत्ता दिएर लोककल्याण्को काम एमालेले गरेको चर्चा गरे ।

आज हरेक बृद्धबृद्धाहरुले एमालेको गुणगान गाइरहेको चर्चा गर्दै यादवले युवाहरुलाई रोजगारी र आर्थिक समृद्धी समेत वामगठबन्धनले मात्र ल्याउन सक्ने बताए । 

बीरगंज महानगरको वडा नं १२ मा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान सासद सकमेत रहेका यादवले आफूले आन्दोलनको नाममा तेलको तस्करी नगरेकोले आफूसंग पैसा नरहेको बताए ।

उनले आफूले ३ वर्ष ९ महिना सासद हुदा गरेको काम जनताकोलागि सार्वजनीक गरेको चर्चा गर्दै अरुलाई पनि जनताको वीचमा आफना कामका फेहरिस्तहरु राख्न चुनौती दिए । 

कार्यक्रममा प्रदेश सभा“ख”का उम्मेदवार शम्भु गुप्ताले पर्चा पम्पलेट च्यात्ने र गणतन्त्रको चीर हरण गर्न खोज्नेलाई निर्बाचनको परिणामले समाप्ता पार्ने चेतावनी दिए  । उनले  चोरी डकैती र अपहरण तथा लुटको सम्राज्य अन्त्यको लागि एमाले माओवादी गठबन्धनले जित्नुपर्ने धारणा राखे । 

सो समारोहमा एमाले पर्साका संयोजक प्रभु हजराले आऊँदो निर्बाचनमा बाम गठबन्धनको सरकार बन्ने भएकाले त्यसको लागि मूर्लीका युवाहरुले पनि नेतृत्वदायी भूमिका निर्बाह गर्नुपर्ने धारणा ब्यक्त गरे । 

कार्यक्रममा समानुपातिक उम्मेदवार बिना शर्मा, युवा नेता महमद अन्सारी, सागीर अन्सारी, जले आलम, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा लगायतले आ—आफ्नो धारणा राखेका थिए  ।

कार्यक्रममा मूर्लीका दर्जनौ अगूवा युवा, बृद्ध—बृद्धा तथा महिलाहरु एमालेमा प्रबेश गरेका छन । नव प्रबेशीहरुलाई जिल्ला अध्यक्ष प्रभु हजरा, सांसदका उम्मेदवार बिचारी यादब, प्रदेश सभाका उम्मेदवार शम्भु गुप्ता नेशनल मेडिकल कलेजका संचालक एवं एमाले नेता बसुरुद्धिन अंसारीले पार्टी प्रबेश गराएका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.