logo

अन्सारीको अपिल पचपन्न पैसामा भोटको नाममा स्वाभिमान नबेचौ 

      11/17/2017 गते 00 00 मा प्रकाशित     11158   पटक पढिएको

बीरगंज १ मंसिर । एउटा भोट औसतमा १ हजार रुपैयामा खरिद बिक्री हुदो रहेछ । त्यो बिक्री भएको भोट एकदिनकोलागि होइन पाँच वर्षको लागि हो । १८ सय दिनका लागि हो । एउटा भोटको मूल्य एक दिनमा पचपन्न पैसा पर्दो रहेछ । आजकल बाटोमा भिखमाग्दै हिडनेले पाँच रुपैया भन्दा कम पायो भने फालिदिन्छ । तर हामी भिख माग्ने भन्दा पनि कमजोर भएर पचपन्न पैसामा हाम्रो भोट बेच्दै छौ । यो भोट बिक्री मात्र होइन हाम्रो स्वभिमान,सार्वभौसत्ता र निष्ठा बिक्री भइरहेको छ । हामी यसको पक्षमा छैनौ ,भोट नदिनुहोस मन्जुर छ तर यो खाले  प्रवृतिको बिरुद्धमा हामी छौ ।हामी भोट किन्नकोलागि तपाईलाई पचपन्न पैसा दिने नैतीक सहास भएकाहरु पनि होइनौ । हामी भोट किन्दैनौ । 
३१ वर्षे युवाले मतदातालाई मत मूल्य अहिले देखिएको खरिद बिक्रीे प्रवृतिको बिषयमा बताइरहदा कार्यक्रम स्थल तालीले गुन्जायमान भयो । त्यो तालीले ति युवाको भावनालाई आत्मसात मात्र गरेको थिएन , हामी भोट बेच्ने हौइनौ भनिरहेको थियो । तालीले ,तिम्रो निष्ठालाई सलाम छ भन्दै थियो । हो तिनै युवा जो अहिले देशभरिकै युवाकालागि आकर्षण र चासोको बिषय बनेका छन । पर्साको निर्वाचन क्षेत्र नं १ को “क”बाट प्रदेश सभा सदस्यमा वामगठबन्धनका उम्मेदवार रहवर अन्सारी ।

 

उनी जनताको वीचमा जादा जनतामा अर्कै उत्साह संचार हुन्छ ।युवा युवतीले मात्र हैन बयस्कहरुले पनि उनलाई घेर्छन । गरमजोशीका साथ हात मिलाउछन एक दुई पोज फोटो लिन्छन । धर्यैतापूर्वक उनलाई सुन्छन । अन्सारीलाई सबैले अशाको दृष्टिले हेर्छन । जीउडाल मिलेका आकर्षक युवा ब्यक्तित्व अन्सारीको जस्तो राजनीति प्रति सुझबुझ समकालीन युवाहरुमा बिरलै भेटिन्छ । उनी जनताको वीचमा आफना कुरा प्रष्ट राख्छन । अन्य कुनै राजनीतिक दलको आलोचना उनको भाषणमा पर्दैन ।

 

उनी बिकास र समृद्धि प्राप्तीको कुरा गर्छन । चुनावमा पर्साले सधै हा¥यो अव जित्नु पर्ने कुरा गर्छन । ब्यक्ति को हो उनकोलागि महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा उनकालागि बृहतर हित हो । आत्मनिर्भर अर्थतन्त्रको बिकासका माध्यमले स्वाधिनता पाउनु हो ।

 

चुनाव ब्यक्तिले जिते तर पर्साले हा¥यो के अव पनि हामी हार्ने चुनावमा सहभागि हुने हो ? उनी आफना अगाडि रहेका मतदातालाई सोध्छन । जवाफ पाउछान होइन ।  उनको प्रस्तुतीमा शालीनता छ , शब्दमा मिठास तर बिषय गम्भिर खालको । सामान्य मान्छेले बुझने भाषामा उनको प्रस्तुती ।बिषय प्रतिको दखल त्यसलाई प्रस्तुत गर्ने आकर्षक शैली उनलाई सुनीरहु जस्तो लागि रहने ।

 


    उनी उम्मेदवारहरुको तुलनामा पनि गर्छन । सार्वजनीक नीति प्रशासनमा बिदेशमा स्नातोकोत्तर अध्ययन गरेका अन्सारी आफनो क्षमताको आधारमा यस्तो तुलना गर्ने गरेको बताउछन । उनी हाकाहाकी भन्छन । बिना कुनै संकोच भन्छन । पर्साको निर्वाचन क्षेत्र नं १ मा बिचारी जस्तो इमान्दार नेता मैदानमा अरु छैनन । निष्ठा र इमान्दारीताको प्रतिमूर्ती, लामो राजनीतिक पृष्ठभूमी भएको सरल, आवश्यक परेको बेलामा जनताको दैलोमा पुग्न सक्ने त्यसैपनि“एम्बुलेन्स”नेताको उपाधी पाएका नेता  बिचारी यादवलाई जिताउनु जनताको दायित्व समेत हो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.