logo

आगामी सरकार वामगठबन्धको बन्ने पक्का -उम्मेदवार गुप्ता

      11/17/2017 गते 00 00 मा प्रकाशित     1311   पटक पढिएको

बीरगंज १ मंसिर । नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नं १ को“ख” प्रदेश सभाका उम्मेदवार शम्भु गुप्ताले जनतालाई बिवेकपूर्ण रुपमा आफनो मतदान सदुपयोग गर्न आग्रह गरेका छन । वाम गठबन्धनले बीरगंज महानगरको वडा नं २ मा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रदेश नामाकरण गर्न प्रदेशको राजधानी काहा हुने भन्ने कुरा तय गर्ने भएकोले यो निर्वाचनको महत्व अत्यन्तै रहेको बताए । 
उनले बिकास समृद्धि प्राप्तीकोलागि एक्सप्रेस गाडीको उदाहरण दिदै राष्ट्रीय पार्टीको आवश्कतामा जोड दिए । नेता गुप्ताले अव मुलुकमा बाम प्रगतीशिल गठबन्धनको सरकार बन्ने कुरा सुनिश्चित भएकोले अव कुनै अन्यौलता नराख्न मतदातालाई आग्रह गर्दै वामपन्थको पक्षमा मतदान गर्न अपिल गरे ।
    बीरगंजमा नारयाणी उपक्षेत्री अस्पतालाई शिक्षण कलेजको रुपमा बिकास र बीरगंज बिश्वबिद्यालयलाई कार्यान्वयनमा ल्याउन पनि वाम गठबन्धनको जीत आवश्यक रहेको उनले बताए ।
    बीरगंज महानगरको आर्थिक माहाशाखाको प्रमुखबाट राजनीतिक मैदानमा उत्रिएका गुप्ताको प्रशासनीक अनुभव तथा बिधिशास्त्रमा उनले प्राप्त गरेको स्नातक र समाजशास्त्रमा प्राप्त गरेको स्नातोकोत्तरको उपाधीले समग्र पर्साको बिकास र पहिचानकालागि उपलब्धी मुलक हुने ठानिएको छ । 
आफनो अनुभवलाई राजनीतिक इमान्दारिकताकोलागि उपयोग गर्ने उनले प्रतिवद्धता जनाए । उनले बिकासका नाममा परियोजना ढिलो गरि निर्माण गर्ने निर्माण कम्पनीका कारण बीरगंजका नागरिकले सास्ती पाउने कुरालाई अव स्वीकार गर्न नसकिने बताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.