logo

रुदै एमाले छाडनेहरु टिकेनन फोरममा,फर्किए घरमा

      11/15/2017 गते 00 00 मा प्रकाशित     1920   पटक पढिएको

वीरगंज २९ कार्तिक ।
नेकपा एमाले छाडेर संघिय समाजवादी फोरममा प्रवेश गरेका नेताहरु पुनः बुधवार एमालेमा फर्किएका छन। बाम गठबन्धनपर्सा क्षेत्र नं . १ को सम्पर्क कार्यालयमा आज आयोजित एक कार्यक्रमका उनीह्रु एमाले फर्किएका हुन ।

 

नेकपा एमाले पर्सा जिल्ला कमिटीको पूर्व सदस्य किसमतिया देवी थारु,प्रगतिशिल महिला सामुदायिक संस्थाका अध्यक्ष चम्पा देवी, मैना देवी नुनिया, दुर्गावती राम,हृदयनारायण पासवान लगायतका नेता कार्यकर्ताहरु पुनः एमालेमा फर्केका हुन । वीरगंज महानगरपाकिाल वडा नं . ३१ बेलवाका स्थानिय नेता रहेका उहाँहरुलाई प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिचारी यादव, पर्सा संयोजक प्रभु हजरा, युवा नेता अरबिन्द सिंह लगायतकाले पार्टीमा स्वागत गरेका हुन ।

 

सो अवसरमा नेता यादवले बिगतका कुरा छोडेर नयाँ ढंगले संगठन बिस्तार र निर्वाचनमा होमिन आग्रह गरेका छन। यसैगरी किसमतिया देवी थारुले  आफुहरुलाई झुठा आश्वासन दिएर पार्टी प्रवेश गराएकोले आफुहरु बढी दिन सम्म फोरममा बस्न नसकेको बताइन । यसैगरी महिला सामुदायिक भवनका लागि जग्गा दान गरेकी मैनादेवी महतोले एमाले पार्टी छाडेको दिन आफुले दिनभरी केही नखाएको र दुई दिन सम्म रोएर बस्नु परेको बताइन ।  

 

यसैगरी दुर्गावती रामले फोरमले हिन्दीमा गरेको भाषण आफुलाई पटक्कै मन नपरेको र बिकास भन्दा स्वार्थका कुराहरु बढी हुने भएकोले आफु पार्टी छोडेको बताइन  । यसैगरी प्रगतिशिल महिला सामुदायिक संस्थाका अध्यक्ष चम्पा देवी चौधरीले कुरै नबुझी लहैलैहमा लागेर एमाले छोडेको र पछि पछुतो भएर पुनः एमालेमा प्रवेश गरेका बताइन ।

 

सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार शम्भु गुप्ता, रहबर अंसारी , माओवादीका युवा नेता प्रभाकर गुप्ता, एमालेको युवा नेता सुदिप लामा, रामकिसोर सिंह,अकलेश साह, नरसिंह साह , रबिन्द्र यादव, नितेश वर्णवाल लगायतको उपस्थिती रहेको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.