logo

स्थिर सरकारकालागि वामगठबन्धनको बिकल्प छैन -उम्मेदवार गुप्ता

      11/14/2017 गते 00 00 मा प्रकाशित     1553   पटक पढिएको

वीरगंज, कार्तिक २८
वामगठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन बिद्यार्थीहरुले कुनै कसर बाँकी नराख्ने बताएका छन । रोजगारमुखी शिक्षाको स्पष्ट खाका वामगठबन्धनसंग भएकोले आफूहरु बिना कुनै अन्यौल वामगठबन्धनको पक्षमा लाग्ने बिद्यार्थीहरुले बताएका छन ।

मंगलवार बिद्यार्थीहरुको प्रिय संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको बीरगंजमा सम्पन्न संयुक्त बैठकबाट उनीहरुले यस्तो उदघोष गरेका हुन । समृद्धिको सपना पुरा गर्ने बामपन्थ भएको उनीहरुको ठहर छ । उनीहरुले राष्ट्रीयता स्वाधिन अर्थतन्त्रको पक्षमा वामगठबन्धनको बिकल्प नरहेको निष्कर्ष निकालेका छन ।


बिद्यार्थीको संयुक्त बैठकलाई सम्बोधन गर्दै चुनाव क्षेत्र नं १ को प्रदेश सभा “क” का उम्मेदवार शम्भु गुप्ताले बिदार्थीहरुको ु्ुन्दर भविष्कालागि बिधि निर्माणमा आफ्नो भूमिका रहने प्रतिवद्धता जनाए । उनले शिक्षालाई रोजगार र उत्पादनसंग जोडने काम गरिने बताए । बिद्यार्थी राष्ट्रको भरोसालायक शक्ति हो युलाई राष्ट्र निर्माणमा उपयोग गर्नु पर्ने जोड दिए ।

देशले बिकासकालागि स्थिर सरकार खोजेको उदहारण दिदै त्यो आवश्यकता पुरा गर्नकालागि सबै बिद्यार्थीलाई वामगठबन्धनको पक्षमा लाग्न आग्रह गरे ।  पर्सा निर्वाचन क्षेत्र नं. १ को निर्वाचन परिचालन कमिटीको कार्यालयमा बसेको बैठक अखिल क्रान्तिकारीका  जिल्ला संयोजक मित्रदेव यादव को अध्यक्षतामा बसेको थियो ।

बैठकमा माओवादी केन्द्रका नेता हरि मण्डल  एमाले केन्द्रिय प्रचार  बिभाग सदस्य अरबिन्द सिंह पूर्व बिद्यार्थी नेता शिव गुप्ता अनेरास्वबियु क्रान्तिकारी को जुबेर आलम शिवम शाह इस्क कुमार अनेरास्वबियु को इंचार्ज मनोज चौधरी जिल्ला अध्यक्ष रामबाबु यादव सन्तोष पासवान युवासंघका अध्यक्ष श्याम गुप्ता लगयतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन ।

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.