logo

ठेकदार उम्मेदवारबाट देशको बिकास हुदैन: पूर्व सासद गुप्ता

      11/9/2017 गते 00 00 मा प्रकाशित     1485   पटक पढिएको

वीरगंज, कार्तिक २३ । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं ३ को आयोजनामा  आज पोखरीया नगरपालिकाम अगुवा कार्यकर्ता भेला तथा चुनाव परिचालन समिती गठन  गरिएको छ । प्रदेश सभा सदस्य एवं पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नं। ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले प्रजातन्त्र आए देखि सवभन्दा बढी शासन नेपाली काँग्रेसले गरेको  भएपनि सम्झने लायक कुनै पनि बिकासको काम नगरेको बताए ।

नेता गुप्ताले एमाले नै सच्चा मधेस प्रेमी पार्टी भएको बताए । उनले तराईको २० जिल्लामा जनता अवास कार्यक्रम मार्फत २० हजार घर निर्माण देखि वृद्धा भता वृद्धि लगायत ,सिमा बिकास कार्यक्रम लगायत सवै योजना बामपन्थी सरकारले गरेको चर्चा गरेका थिए । उनले डेढ बर्ष पहिला उद्घाटन भएको तिलावे पुल अझ नबन्नु ठेकेदारको लापरहवी भएको र त्यही ठेकेदार जनताको माझ मत माग्न आएको भन्दै त्यस्ता ठेकेदारलाई तह लगाउन जनतालाई आग्रह गरे ।

उनले ठेकेदार उम्मेदवारबाट  देशको बिकास नहुने ठोकुवा गरे । सो अवसरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छोटेलाल यादव, पर्सा जिल्ला संयोजक प्रभु हजरा ,युवा नेता यशवन्त यादव, संजिव मिश्रा, महम्द निजाम ,  किसोरी कुशवाहा, योगानन्द चौहान, प्रदुमन चौहान,  शिव शंकर यादव, प्रमोद कुशवाहा, लक्ष्मण चौरसिया, मोहन यादव, बलिराम साह रामबाबु बैठा लगायतको उपस्थिती रहेको थियो । यसैबिच भेलाले क्षेत्र नं. ३ मा चुनाव परिचालनका लागि दुबै पार्टीका नेता सम्मिलीत समिती गठन गरेको छ ।

पोखरीयामा अयोजित भेलाले प्रद्युम्म चौहान को संयोजकतत्व क्षेत्रिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ  । समितीको  सहसंयोजक माओवादी केन्द्रका रामबाबु बैठा लगायत नेताहरु रहेका छन । त्यसैगरी पकाहा मैनपुर गाँउपालिकामा  संजय चौहानको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । त्यसैगरीबिन्दवासनी गाँउपलिकामा लक्ष्मण चौरसियाको संयोजकत्वमा निर्वाचन परिचालन समिती गठन गरिएको छ भने बहुदरा माई नगरपालिकामा प्रमोद कुशवाहाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

समितीको  सह संयोजक शिव शंकर यादव रहेका छन । त्यसैगरी पोखरीया नगरपालिकमा  दिनेश चौहान संयोजकमा निर्वाचन परिचालन  समिती गठन गरिएको छ । समितीको  सह संयोजक कौशल किशोर साह लगायतका नेताहरु रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.