logo

स्वच्छ निर्वाचनकालागि सबैको सहयोग आवश्यकःप्रमुख निर्वाचन अधिकृत

      11/8/2017 गते 00 00 मा प्रकाशित     1289   पटक पढिएको

बीरगंज २२ कार्तिक । 
युनएनडीपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत बीरगंजमा स्वच्छ निर्वाचनकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रमले सामाजिक सदभाव ,समाजिक सम्बन्ध बढाउदै शान्ति र अहिंसाको प्रर्वद्धन गर्दै आएको छ । अन्तरक्रियामा शान्ति प्रर्वद्धनमा राजनीतिक दल नागरिक समाज र संचार क्षेत्रको भूमिकाको बिषयमा अन्तरक्रिया भएको थियो ।
    अन्तरक्रिया कार्यक्रममा सहभागि सबैले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न आफना सरोकारहरु ब्यक्त गरेका थिए । कार्यक्रममा पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल नागरिक समाज र संचार क्षेत्रको सहयोगको अपेक्षा गरेको बताए । उनले भर्खरै सकिएको स्थानीय तहको निर्वाचन पनि राम्रो संग सम्पन्न भएको चर्चा गर्दै त्यतीबेला देखिएका समस्याहरु यस पटक सुधार हुने बताए ।पश्चिमा देशरु चुनाव हुदा बन्द ब्यापार सवारी साधन मान्छेहरुको हिडडुल अरु वेला जस्तै सामान्य हुने चर्चा गर्दै  निर्वाचनलाई तामझामपूर्ण नवनाउन अपिल समेत गरे । उनले राजनीतिक दलहरुलाई आचार सहिताको उल्लंघनको उजुरी गर्नेहरुलाई आचार सहिता पालना गर्न समेत आग्रह गरे ।
    पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबै मतदाता राजनीतिक दल संचार क्षेत्र सबैलाई आभार प्रकट गरे । शान्तिपूर्ण रुपमा निर्वाचन गर्न स्थानीय प्रशासन तयार रहेको सो कालागि सहयोग गर्न उनले सबैलाई अपिल गरे । कार्यक्रममा सहभागि राजनीतक दलकाप्रतिनिधिहरुले टिकट बितरण नै समस्याको कारक रहेको बताए । पैसामा टिकट किन्ने र पैसामा भोट किन्ने प्रवृति हावी भएकै कारण राजनीति दुषीत भएको उनीहरुको टिप्पणी थियो । उनीहरुले “नोटलाई चोट निष्ठालाई भोट”को संस्कृतिको बिकास हुनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव किशोरी साह,नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने महिला नेतृहरु मोना दाहाल,सुनिता साह ,रेखा साह,रेखा घिमिरे सामाजिक अभियान्ता निर्मला भण्डारी ,शान्ति समितिका कार्यकारी प्रमुख तेजेन्द्र माली,जिल्ला समन्वय समिति पर्साका अधिकृत माया थापा शिवनारायण मिरा झा रेखा देवी कर्ण लगायतले आफना बिचार ब्यक्त गरेका थिए । युएनडीपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रममा कार्यक्रम संयोजक इन्दीरा आले र पत्रकार चन्द्रकिशोरले कार्यक्रमको सहजीकरण गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.