logo

सोनलले विक्री गरे टिकट

      11/5/2017 गते 00 00 मा प्रकाशित     1484   पटक पढिएको

 

वीरगञ्ज, १९ कात्तिक : राष्ट्रिय जनता पार्टी नेपालमा जिल्लाबाट सिफारिस नभई प्रतिनिधि सभा र प्रदेशसभाको समानुपातिक बन्द सूचीमा उम्मेदवार बनाएको रहस्य खुलेको छ । राजपा नेपालका महामन्त्री जितेन्द्र सोनलले सिफारिस बिना नै आफ्नो आफन्त बबिता सरार्फलाई समानुपातिकको बन्द सुचिमा पहिलो नम्बर राखेका छन् । त्यसैगरी अर्को पार्टी की प्रियंका केशरीसँग आर्थिक चलखेल गरी ६ नम्बरमा नाम राखेका छन् ।
 

महामन्त्री सोनलले गर्दा राजपा नेपाल पार्टी नै बदनाम हुन पुगेको छ । बारा निर्वाचन क्षेत्र ४ मा प्रतिनिनधीसभाको उम्मेदवार बनेका एकबाल मियाँको जिल्लाबाट नाम सिफारिस नभए पनि उम्मेदवार बनेका कारण राजपा नेपाल बाराका नेताले असन्तुष्टि जनाएका छन् ।

महामन्त्री सोनलको कार्यशैली र केन्द्रीय नेतृत्वसँगै असन्तुष्टि जनाउदै राजपाका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सहितका नेताहरुले राजपा परित्याग गरेका छन् । उनीहरुले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
 

पत्रकार सम्मेलनमा गुप्ताले नेतृत्वले नैतिकहिन र चरित्रहिन कार्य गरेको बताउदै मधेस आन्दोलन र मधेसी जनताको भावनामाथि खेलवाड गरेर तस्करहरुलाई टिकट वितरण गरेको आरोप लगाए । सोनलको विरुद्ध क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ ।

राजपा छोडेका मदन गुप्ताले क्षेत्र नम्बर ४ को ख बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका हुन् । पछिल्लो समयमा पार्टीमा पैसावालाहरुलाई बढी प्राथामिकतामा राख्न थालेको भन्दै उनले भने, “सडक र नाकामा जनता सुत्ने । अहिले उम्मेदवारको लागि पैसावाला चाहिएको भए किन जनतालाई सडकमा उतारेर मार्ने ? पार्टीले टेण्डर खोले भईहाल्यो नि ।” 
 

महासचिवले जितेन्द्र सोनलले आफ्नो मनोमानी तरिकाले आर्थिक चलखेल गरी सिफारिस बिना नै उम्मेदवार बनाएका कारण पार्टीका नेताहरुले दुख व्यक्त गरेका हुन् । राजपा नेपालका एकजना नेताले भने, राजपा नेपालका नेताहरू आफ्नो मनोमानी तरिकाले आर्थिक चलखेल गरी आफ्नो आफन्तलाई उम्मेदवार बनाउनु सरासर मधेसी सहिदहरुको अपमान भएको बताएका छन् । राजपा नेपाल पार्टी मधेसको लागि नभई व्यक्ति विशेषको लागि भएको बताए ।
 

महासचिव सोनल गत असोज २ गते भएको स्थानीय निर्वाचनमा केन्द्रिय कार्यालयको सिफारिसमा गाउँपालिका प्रमुखको टिकट सुरेश यादवलाई पाएको भएपनि आर्थिक चलखेल गरी रातारात हरिनारायण साहलाई उम्मेदवार बनाएका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.