logo

सोनलले विक्री गरे टिकट

      11/5/2017 गते 00 00 मा प्रकाशित     1755   पटक पढिएको

 

वीरगञ्ज, १९ कात्तिक : राष्ट्रिय जनता पार्टी नेपालमा जिल्लाबाट सिफारिस नभई प्रतिनिधि सभा र प्रदेशसभाको समानुपातिक बन्द सूचीमा उम्मेदवार बनाएको रहस्य खुलेको छ । राजपा नेपालका महामन्त्री जितेन्द्र सोनलले सिफारिस बिना नै आफ्नो आफन्त बबिता सरार्फलाई समानुपातिकको बन्द सुचिमा पहिलो नम्बर राखेका छन् । त्यसैगरी अर्को पार्टी की प्रियंका केशरीसँग आर्थिक चलखेल गरी ६ नम्बरमा नाम राखेका छन् ।
 

महामन्त्री सोनलले गर्दा राजपा नेपाल पार्टी नै बदनाम हुन पुगेको छ । बारा निर्वाचन क्षेत्र ४ मा प्रतिनिनधीसभाको उम्मेदवार बनेका एकबाल मियाँको जिल्लाबाट नाम सिफारिस नभए पनि उम्मेदवार बनेका कारण राजपा नेपाल बाराका नेताले असन्तुष्टि जनाएका छन् ।

महामन्त्री सोनलको कार्यशैली र केन्द्रीय नेतृत्वसँगै असन्तुष्टि जनाउदै राजपाका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सहितका नेताहरुले राजपा परित्याग गरेका छन् । उनीहरुले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
 

पत्रकार सम्मेलनमा गुप्ताले नेतृत्वले नैतिकहिन र चरित्रहिन कार्य गरेको बताउदै मधेस आन्दोलन र मधेसी जनताको भावनामाथि खेलवाड गरेर तस्करहरुलाई टिकट वितरण गरेको आरोप लगाए । सोनलको विरुद्ध क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ ।

राजपा छोडेका मदन गुप्ताले क्षेत्र नम्बर ४ को ख बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका हुन् । पछिल्लो समयमा पार्टीमा पैसावालाहरुलाई बढी प्राथामिकतामा राख्न थालेको भन्दै उनले भने, “सडक र नाकामा जनता सुत्ने । अहिले उम्मेदवारको लागि पैसावाला चाहिएको भए किन जनतालाई सडकमा उतारेर मार्ने ? पार्टीले टेण्डर खोले भईहाल्यो नि ।” 
 

महासचिवले जितेन्द्र सोनलले आफ्नो मनोमानी तरिकाले आर्थिक चलखेल गरी सिफारिस बिना नै उम्मेदवार बनाएका कारण पार्टीका नेताहरुले दुख व्यक्त गरेका हुन् । राजपा नेपालका एकजना नेताले भने, राजपा नेपालका नेताहरू आफ्नो मनोमानी तरिकाले आर्थिक चलखेल गरी आफ्नो आफन्तलाई उम्मेदवार बनाउनु सरासर मधेसी सहिदहरुको अपमान भएको बताएका छन् । राजपा नेपाल पार्टी मधेसको लागि नभई व्यक्ति विशेषको लागि भएको बताए ।
 

महासचिव सोनल गत असोज २ गते भएको स्थानीय निर्वाचनमा केन्द्रिय कार्यालयको सिफारिसमा गाउँपालिका प्रमुखको टिकट सुरेश यादवलाई पाएको भएपनि आर्थिक चलखेल गरी रातारात हरिनारायण साहलाई उम्मेदवार बनाएका थिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.