logo

झूठा आश्वासन दिनेहरुलाई चिनिराख्नुहोस - नेता रुङटा

      11/4/2017 गते 00 00 मा प्रकाशित     2004   पटक पढिएको


बिरगंज १८ कार्तिक । नेपाली काङ्ग्रेसका युवा नेता एवम पुर्व सभासद अनिल रुङटाले बिरगंजको छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमलाइ उदघाटन गरे। बिरगंज महानगर पालिका वडा नम्बर १५ लक्षमनवा र १६ नगवामा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमलाइ पुर्व सभासद रुङ्टाले उदघाटन गरेका हुन ।

रक्तदान कार्यक्रमलाइ उदघाटन गर्दै युवा नेता  रुङ्टाले बिरगंज महानगरपालिका अहिले बिकासको पर्खाइमा रहेको बताएका छन ।  समाज बिकास सगै बिरगंज शहरको बिकासको लागि आफू २४ औ घण्टा तयार रहेको उनले बताए ।

नेता रुङ्टाले आफू सभासद रहेको बेला बिकासका निम्ति योजना तथा बजेट  कहा बाट ल्याउन सकिन्छ बारे आफुलाइ पुर्ण अनुभव रहेको बताउदै त्यही अनुभवको आधारमा बीरगंजको बिकास गर्ने बताउदै  आफुलाइ प्रतिनिधि सभाको सदस्यमा पुर्ण बहुमत सहित बिजय बनाउन आग्रह गरे।

उनले आफनो उम्मेदवारी पैसा कमाउनकालागि नभएको स्पष्ट पारे । मलाई पैसा चाहिएको छैन तर बीरगंजको बिकासकालागि मेरो उम्मेदवारी हो त्यसैले नेपाली काङ्ग्रेसलाई बिजय बनाउनुहोस नेता रुङ्टाले भने ।  

यहाका अधिकाश नेताहरु तपाईं हरु माझ झुठो आश्वासन लिएर भोट माग्न आउछ्न तर उनिहरु बिकास गर्दैन उनले भने आफू समाजको बिकासको निम्ति आएको बताए । उनले  नगवा बिकासमा धेरै पछि रहेको हुनाने पहिला नगवाको बिकास गर्न जरुरी रहेको बताए ।

नगवा युवा समाजका अध्यक्ष राजेन्द्र चौरसियाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका नेता एव पर्सा क्षेत्र  १ को ख का प्रदेश सभाका सदस्य उम्मेदवार बिजय सरार्फ, पार्टीका कोषाध्यक्ष इम्तियाज आलम, युवा नेता अयुब मिया, स्थानिय अगुवा नेता बाबुलाल चौरसिया, इलाका प्रहरी कार्यालय नगवा का प्रहरी नायब निरीक्षक प्रेम बहादुर क्षेत्री,  रामाधार चौरसिया, युवा नेता प्रभु चौरसिया, बिनोद चौरसिया, लालबहादुर चौरसिया, मइम मिया, सुभास गुप्ता लगायतले सम्बोधन गर्दै रक्तदान गरि सहयोग गर्न सबैलाइ आहवान गरेका थिए ।

त्यसै गरि वर्ल्ड युनाइटेड क्लबका अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा वडाका वडाअध्यक्ष गजेन्द्र पटेल, पर्सा क्षेत्र १ को क का प्रदेश सभाका सदस्य उम्मेदवार रामनारायण कुर्मि लगायतले सम्बोधन गरेका थिए । छुट्टाछुट्टै आयोजित रक्तदान कार्यक्रममा महिला गरि एक सय भन्दा बढिले रक्तदान गरेका छ्न ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.