logo

फोरमको निर्वाचन परिचालन कार्यालय एमालेको कब्जामा

      11/3/2017 गते 00 00 मा प्रकाशित     1478   पटक पढिएको

वीरगंज,१७ कार्तिक 
केही दिन अघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्धघाटन गरेको निर्वाचन परिचालन कार्यालय एमालेको कब्जामा गएको छ । बीरगंज महानगरको बरिष्ठ अधिकृतबाट राजीनामा दिएर राजनीतिमा होमिएका शम्भू गुप्ताले फोरम परित्याग गरि एमालेमा प्रवेश गरेपछि  कार्यालय पनि एमालेको पोल्टामा पुगेको हो । निर्वाचन परिचालन कार्यालय शम्भू गुप्ताकै पहलमा खोलिएको थियो । त्यही स्थानमा आज बाम गठबन्धनले आफ्नो निर्वाचन परिचालन कार्यालय संचालनमा ल्याएको हो । बाम गठबन्धन पर्सा क्षेत्र नं.१ को निर्वाचन परिचालन कार्यलयको आज उद्घाटन गरिएको छ । वीरगंजको घण्टाघर नजिक मुख्य सडकसंगै जोडिएको कार्यालयको नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीले   उर्मिला अर्यालले संयुक्त रुपमा रुपमा उद्धघाटन गरेका हुन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं . १ र प्रदेश सभा निर्वाचन क्षेत्र नं .१ र २ को निर्वाचन सम्बन्धि सम्पुर्ण काम यहि कार्यलयबाट गर्ने योजनाका साथ कार्यालय खोलिएको प्रदेश सभा २ का उम्मेदवार शम्भु गुप्ताले जानकारी दिए । सो अवसरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादव, १ को प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अंसारी, २ का प्रदेश सभा सदस्य शम्भु गुप्ता,  एमाले पर्साका संयोजक प्रभु हजार, डा. बिश्वम्भर शर्मा ,पुरेन्द्रकिशोर लाभ एमालेका युवा नेता अरबिन्द सिंह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,किसोरी कुशवाहा, रामकिसोर सिंह पराग, अनिल पटेल पत्रकार केसी लामिछाने, निरज पिठाकोठे लगायतको उपस्थिती रहेको थियो । एमाले नेता प्रभु हजराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण वीरगंज जेसीसका पुर्व अध्यक्ष राजेश पटेलले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.