logo

दूई कुर्मी नेताले राजपा परित्याग गरे 

      11/3/2017 गते 00 00 मा प्रकाशित     1612   पटक पढिएको


वीरगंज,१७ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कर्मी र महासचिव शिव पटेलले आज पार्टी परित्याग गरेका छन । पार्टीले बिचारधाराका आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्न नसकेको आरोप लगाउदै दुवै नेताले पार्टी त्यागको घोषणा गरेका हुन ।

उपाध्यक्ष कुर्मी र महासचिव पटेलले स्थानिय तहदेखि प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि टिकट वितरणमा असन्तुष्टि जनाउर्दै पार्टी परित्याग गरेका हुन। आन्दोलन र पार्टीको हितमा काम गरेकाहरुको पक्षमा न्याय गर्न नसक्ने पार्टीले सामाजिक न्याय गर्न नसक्ने भएकोले पार्टी परित्याग गरेको बताएका नेताहरुले मधेशवादको पक्षमा आफूहरु क्रियाशील भइरहने बताएका छन ।

राजपाका बरिष्ठ उपाध्यक्ष समेत रहेका कुर्मीले राजपाले पार्टीका पुराना र ईमान्दार नेता,कार्यकर्तालाई टिकट वितरण नगरेर पार्टीलाई जिल्लाबाट समाप्त गर्ने कार्य गरेकोले आफुले नैतिकताको आधारमा राजिनामा बताए।

नेता कुर्मी र महासचिव पटेलले  अव स्वतन्त्र रुपमा मधेश र मधेशीको हक अधिकारको लागि काम गर्ने  बताएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.