logo

एक सय सतासी दिन पछि चौहान एमालेमै फर्किए

      11/1/2017 गते 00 00 मा प्रकाशित     1559   पटक पढिएको

कार्तिक १५ बीरगंज
पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरम नेपालबाट मेयरमा पराजीत उम्मेदवार प्रदुम्न चौहान आज एमालेमा प्रवेश गरेका छन । उनीसंग मालपोत कार्यालयबाट सेवानिवृत भई संघीय समाजवादी फोरम नेपालमा आवद्ध राजनीति शुरु गरेका बिधान्चल ठाकुर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । बामगठबन्धनका नेताहरुको सहभागितामा पोखरिया आज उनीहरु बाम गठबन्धनमा समावेश भएका हुन । दुवै जनालाई नेकपा एमालेका पोलिट ब्यूरो सदस्य नागेन्द्र चौधरी र छोटेलाल यादव पूर्व सभासद राजकुमार गूप्ताले अविर टिका लगाएर भित्र्याएका हुन । बिदान्चल ठाकुरलाई नेकपा माओवादी केन्द्रको भागमा परेको क्षेत्र नं ३ को ख प्रदेश सभामा उम्मेदवार बनाइने भएपछि बाम गठबन्धनमा उनीहरुको प्रवेश भएको बताइएको छ । चौहान १ सय ८७ दिन अगाडि एमाले पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । एमालेलाई मधेश बिरोधी पार्टी भएको आरोप लगाई फोरममा प्रवेश गरेका चौहान पोखरिया नगरपालिकाको मेयरमा फोरमका प्रत्यासी थिए । तर उनले चुनाव भने जित्न सकेनन । ०६४ मा एमालेबाट सभासद निर्वाचित चौहान ०७० मा पराजीत भएका थिए । पार्टीले उनलाई लाखौ बजेट भएको सिम्रनौगढ र्पयटन प्रर्वद्धन समितिमा अध्यक्षमा नियुक्त गरेको थियो । पार्टीको क्षेत्रीय अध्यक्ष रहेका चौहान फोरममा भने केन्द्रीय सदस्य भएका थिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.