logo

पर्साका कुशवाहा अमेरिकामा राज्य कमिटीमा मनोनीत

      9/16/2017 गते 00 00 मा प्रकाशित     1702   पटक पढिएको

अमेरिका ३१ बोस्टन ।
नेपाली  प्रबासी  मन्च म्यासाच्युसेस् राज्य कमिटीको  पाँचौ  बैठकले  अजय कुशवाहालाई राज्य कमिटीको सदस्यमा चयन गरेको छ ।    मन्चका केन्द्रिय सदस्य भीम  प्रकाश ओलीको  प्रमुख आतिथ्यता, पूर्व  केन्द्रिय  सदस्य लीला राउत,पूर्व  राज्य  कमिटी  अध्यक्ष  नवराज  दाहालको को उपस्थितिमा र कमिटीका  अध्यक्ष राजकुमार थापाको अध्यक्ष्यतामा बसेको बैठकले मनोनयनको निर्णय गरेको हो ।  

बैठकले राज्य  कमिटीले बिजया दशमी, दीपावली एबम् छठ पर्बको सन्दर्भमा अक्टोबर ९ तारिखमा  बोस्टन स्थित हिमालय बिस्ट्रो रेस्टुरेन्टमा शुभकामना  एबम्  रात्रीभोजको आयोजना गर्ने निर्णय  गरेको छ ।
 
राज्य कमिटी अन्र्तगतका सदस्यता नविकरण गराउन बाँकी सदस्यहरुलाई आग्रह गर्ने  र केन्द्रीय एवं राज्य कमिटीका सबै अगुवाहरुको पहलमा यो वर्ष सदस्यता बृद्धि ५० जना पु¥याउने बैठकले निर्णय गरेको राज्य कमिटी सदस्य अजय कुशवाहाले जनाएका छन । 
 दीपावली  एबम्  भाईटिकाको सन्दर्भमा  अक्टोबर  २० तारिकमा  हिल रोड, बेल्मन्टको हलमा  देउसीभैलो कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमको सम्योजन मन्चका  पूर्व केन्द्रिय  सद्स्य  लीला राउत र राज्य  कोषाध्यक्ष  जाल प्रसाद घिमिरेले गर्ने निर्णय  बैठकले गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.