logo

गौर नगरपालिका एमाले अभियान तिब्र, जनताको पैसा विकासमा खर्च हुन्छ ः उम्मेदवार साह

      8/4/2017 गते 00 00 मा प्रकाशित     1320   पटक पढिएको

गौर २० साउन ।
आगामी आसोज २ गते हुन भनिएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको अन्य दलले तयारी नगरेपनि रौतहटमा नेकपा एमाले ले चुनावको तयारी शुरू गरिसकेको छ । तेस्रो चरणको चुनावमा गौर नगरपालिकाका मेयर पदका प्रत्यासी शम्भू साह आफ्नो कार्यकर्ता लगायत नगरका विभिन्न वार्डमा जनता संग भेटघाट गर्ने कार्यको निरंतरता दिएका छन । मधेशवादी दल तथा सत्ताधारी दलका नेताहरु प्रचार प्रसारमा नलागे पनि एमाले र संघीय समाजवादी फोरम नेपालका उम्मीदवार आफ्नो प्रचार प्रसार गर्न आरम्भ गरिसकेका छन ।
यसवीचमा गौर नगरपालिका वार्ड नम्बर १२ मुड़वलबामा एमाले गाउ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा राजदेवी एफ एम ९३.२ मेगा हर्ज़का अध्यक्ष समेत रहेका साहले आफ्नो कर्तव्यवाट तनिक विचलित नभई जिम्मेवारी पालन गर्दै जनताको सेवा गर्ने बताएका छन । विहानको न्यानो  घाममा बसेका सैकड़ो कार्यकर्ताहरुलाई सम्वोधन गर्दै साहले एक चोटी सेवा गर्ने मौका दिएमा आफ्नो कार्य इमान्दारिताको साथ निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा समाजसेवीको रुपमा  परिचित रहेका साहले भने राजनीतिको आडमा लूट खसोट गर्ने नेताहरुको आफनो जीत पछि केहि नचल्ने बताए, उनले भने जनताको पैसा जनताको कार्यमा खर्च गर्छौ । नेता र जनताको विच कस्तो सम्बन्ध हुनुपर्ने हो त्यों अहिलेका नेताहरुलाई जानकारी नभएको भन्दै साहले जनता र नेताको विच हुनुपर्ने व्यवहार सम्वन्धको अनुभव गराउने ठोकूवा गरेका छन । चुनावको बेलामा जून किसिमको सम्बन्ध जनतासँग नेताहरुको हुन्छ त्यही सम्वन्ध जीते हारे पछि पनि हुनुपर्ने उनको भनाई छ ।
पनीलाल प्रसाद यादवको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा मुड़वालवा गाउका निवर्तमान अध्यक्ष भिखारी प्रसाद यादवले एमालेले गाउ गाउमा विकास गर्ने लहर ल्याएको बताएका छन । उनले एमालेका नेताले जनताको भावना अनुसार काम गर्ने गरेकोले यस पालिको चुनावमा पार्टीको उम्मीदवारलाई निर्वाचित गराउन आग्रह गरे । क्षेत्रीय अध्यक्ष समेत रहेका यादवले पार्टी लाइ जिताउन कम्मर कसेर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.